समाचार

डा‍.मेघराज बञ्जारा भन्छन्- नेपालीमा देखिएको कोरोना ‘कोभिड-१९’ नहुन पनि सक्छ

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा‍।मेघराज बञ्जाराले अहिले नेपालीमा देखिएको कोरोना भाइरस कोभिड– १९ नभएर अरू नै प्रजातिको कोरोना भाइरस पनि हुन सक्ने बताएका छन्।

कोरोना सम्बन्धि पाँच प्रश्नमा केन्द्रित रहेर डा बञ्जरासँगको अन्तर्वार्ता संक्षेप:

कोरोना परीक्षणमा आरडिटी र पिसिआरमा के फरक छरु पिसिआर किन बढी विश्वसनीय मानिएको हो ?

भाइरस प्रवेश गरेपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ। र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) ले शरीरमा एन्टिबडी उत्पादन भएको छ कि छैन भनेर जाँच्ने काम गर्छ ।

एन्टिबडी उत्पादन भएको छ भने भाइरस पनि छ भन्ने विश्लेषण गरिन्छ, त्यो विश्लेषण सधैं सही नहुन सक्छ । तर, पोलिमरेज चेन रियाक्सन ९पिसिआर० परीक्षणले सीधै भाइरस नै खोज्ने काम गर्छ । त्यसैले यो अलि बढी विश्वसनीय मानिन्छ।

निको भएर घर गएका व्यक्तिको पनि कोरोना पोजेटिभ देखिने गरेको छ, यसको कारण के होला ?

निको भएर गएको बिरामीमा पनि शरीरले एन्टिबडी उत्पादन गरिरहेको हुन सक्छ वा पुरानो एन्टिबडी नै बाँकी रहन सक्छ । त्यसले भाइरस पोजेटिभ देखाउँछ । कोरोना भाइरस एकैथरीको छैन ।

यसका सात प्रजाति छन् । चार प्रजाति पहिला पनि नेपालमा देखिएका हुन् । अहिले नेपालीमा देखिएको कोरोना भाइरस कोभिड– १९ नभएर अरू नै प्रजातिको कोरोना भाइरस पनि हुन सक्छ । किनभने हरेक कोरोना भाइरसले एन्टिबडी बनाउँछ र त्यो लामो समय रहन पनि सक्छ । हामीकहाँ पहिले आएको कोरोना नै अहिले परीक्षण गर्दा देखिएको पनि हुन सक्छ।

कोरोना संक्रमित भए पनि कोरोना परीक्षणमा नेगेटिभ हुन सक्छ भनिएको छ, त्यस्तो किन हुन्छ ?

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा कोरोना भाइरस प्रवेश गरे पनि शरीरले एन्टिबडी उत्पादन नगर्न वा अत्यन्तै कम गर्न सक्छ । त्यसैले त्यस्ता व्यक्तिमा कोरोना संक्रमण भए पनि आरडिटीले पोजेटिभ नदेखाउन सक्छ । त्यसैले दीर्घरोगी कोरोना भाइरसको जोखिममा छन् भनिएको हो।

पहिले आरडिटी होइन, पिसिआर ल्याब पुगेन भनियो, अहिले पिसिआर ल्याब त भयो, तर एक्स्ट्राक्सन किट पुगेन भनेर चर्चा भइरहेको छ, यो एक्स्ट्राक्सन किट भनेको के हो ?

कोरोनाको जीवाणु एउटा खोलभित्र हुन्छ । खोलमा तीनवटा लेयर (पत्र) हुन्छ । ती लेयर नफुटाई भाइरसलाई छुट्याउन सकिँदैन । खोल टुक्राटुक्रा पार्ने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । खोल फुटाएपछि भाइरस छुट्याउन ‘सेन्ट्रिफ्युज’ गरिन्छ ।

१३ हजार आरपिएमको गतिमा भाँडो घुमाएपछि आरएनए र प्रोटिन छुटिन्छ । यसरी भाइरस पत्ता लगाउने प्रक्रियाका लागि आरएनए एक्स्ट्राक्सन किट आवश्यक हुन्छ । त्यस्तै पिसिआर रिएजेन्टले भाइरसको एउटा आरएनएलाई कपी गरेरै धेरै भाइरस ९आरएनए० बनाउँछ। जसले लाखौँ भाइरस फोटोकपी गरेर देखाउँछ।

यो रियलटाइम पिसिआरले जति आरएनए फोटोकपी गर्दै जान्छ त्यति उज्यालो दिँदै जान्छ । नेगेटिभ आए उज्यालो (फ्लोरिसेन्स) आउँदैन । फ्लोरिसेन्स आए भाइरस भएको मानिन्छ।

शरीरमा कति दिनमा एन्टिबडी निस्कन्छ ?

भाइरस शरीरमा प्रवेश गर्नासाथ एन्टिबडी बन्दैन । यसका लागि दुई सातासम्म लाग्न सक्छ । यो अवधिमा आरडिटी गर्दा संक्रमित भए पनि पोजेटिभ देखाउँदैन।

संक्रमण भएको १९ दिनपछि पर्याप्त मात्रामा शरीरमा एन्टिबडी निस्कन्छ अनि मात्रै आरडिटी परीक्षणमा पोजेटिभ देखिन्छ । लक्षण नदेखिए पनि कसैमा १३ दिनपछि एन्टिबडी उत्पादन भइसकेको हुन्छ, त्यसैले परीक्षण गर्दा आरडिटीमा पोजेटिभ आउन सक्छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Related Articles

Back to top button
Close