समाचार

दुवईमा कोरोना संक्रमणबाट तनहुँका यज्ञप्रसाद गुरुङको मृ’त्यु

२६ बैशाख २०७७, शुक्रबार दुलेगौँडा। रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको को’रोना भाइरस (को’भिड १९) को संक्रमणबाट दुवईमा मृ’त्यु भएको छ । विगत पाँच वर्षदेखि दुवईमा से’क्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृ’त्यु भएको हो । मृ’तक गुरुङका भदै इन्द्र गुरुङका अनुसार, दुवईस्थित क्वारेन्टाइनमै उनको नि’धन भएको हो । चे’कजाँचपछि को’रोना संक्रमणपछि क्वारेन्टाइनमै थिए । क्वारेन्टाइनमै औ’षधोपचार गरिरहेका बेला उनको नि’धन भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरे, ढोर लामागाउँ स्थायी घर भई हाल पोखराको पोखरी बस्दै आएका गुरुङको श्रीमती, एक छोरा र एक छोरी छन् । ४५ वर्षीय यज्ञप्रसादको छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेको इन्द्र गुरुङले जानकारी दिए ।

Related Articles

Back to top button
Close