समाचार

साउदी सरकारको नि,र्देशन- आफ्नो आवास भन्दा बाहिर भे ला भए ५० हजार रियाल सम्म ज,रिवाना

काठमाण्डौ । साउदी आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी गर्दै कुनै पनि कामदारहरु आफ्नो आवास भन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरु वा इस्तारा वा फार्महरुमा भेला भए गरेको पाइएमा साउदी रियाल ५० हजार सम्म ज,रिवाना गर्ने जनाएको छ ।

निर्देशनको अ,वज्ञा भएमा ज,रिवानाहरु थप हुदैँ जाने र अन्य स,जाय समेत हुने उक्त निर्देशनमा उल्लेख भएको जानकारी दिँदै रियाद स्थित नेपाली दूताबासले एक सूचना प्रकाशित गरेको छ । उक्त सूचना दूतावासले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको हो । यस्तो छ सूचना हेर्नुहोस् जस्ताको तस्तै

साउदी अरबमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. साउदी आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी गर्दै कुनै पनि कामदारहरु आफ्नो आवास भन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरु वा इस्तारा वा फार्महरुमा भेला भए गरेको पाइएमा साउदी रियाल ५० हजार सम्म ज,रिवाना गर्ने जनाएको छ । निर्देशनको अवज्ञा भएमा ज,रिवानाहरु थप हुदैँ जाने र अन्य सजाय समेत हुने उक्त निर्देशनमा उल्लेख छ । तसर्थ, सरकारले जारी गरेको निर्देशनको वि,परित हुनेगरी कुनै कार्य नगर्नुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।

२. साउदी अरबमा कोरोना भाइरसको सं,क्रमणले यहाँको नेपाली समुदायमाहरुमा परेको प्र,भाव र यसका कारण परेका समस्या, समस्या समाधानमा छलफल गर्न गैर आवासीय नेपाली संघ साउदी अरबले आयोजना गरेको भिडियो नेटवर्क छलफल कार्यक्रममा नेपाली राजदूतावास पनि सहभागी भयो । उक्त बैठकमा सं,क्रमणको यो अवधिमा नेपाली कामदारहरुमा आइपरेका स,मस्या समाधानमा नेपाली राजदूतावास र अन्य संघसंस्थाहरुसँगको सहकार्यमा गैर आवासीय नेपाली संघबाट भए गरेका प्रयास र उपलब्धिका बारेमा संघका अध्यक्ष श्री तेजबहादुर थापाले विस्तारमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय समितिका सदस्यहरु श्री राजेन्द्र अर्याल र श्री यस्मिन वेगम, प्रवासी नेपाली समन्वय समितिका श्री नारायण पासवान एवं संघका केन्द्रीय प्रतिनिधि र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिहरुले कोरोना सं,क्रमणका विविध पक्षमा उठाएका जिज्ञासाहरुको नियोग उपप्रमुख र श्रम काउन्सेलरले जवाफ दिनुभएको थियो ।

३. आज मिति २०७७।०१।२६ (मे ८, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सं,क्रमितको संख्या ३५,४३२ पुगेको छ । आज थप १,७०१ जनामा सं,क्रमण भएको छ । कूल सं,क्रमितहरु मध्ये हालसम्म ९,१२० जना निको भएका छन् । आज १० जना सहित आजसम्ममा जम्मा २२९ जना सं,क्रमितको मृ,त्यु भएको छ । – नेपाली राजदूतावास, रियाद ।

Related Articles

Back to top button
Close