समाचार

मध्यरातमा चितवनमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा दुई राउन्ड हवाईफायर

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ ।

राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौकीडाँडामा गाँजा तस्करलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

यता, स्थानीयले भने प्रहरीकै मिलेमतोमा गाँजा ओसारपसार हुने गरेको आरोप लगाएका छन् ।

यस बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

नेपालमा गाँजा प्रतिवन्ध भएपनि यसलाई खुल्ला गरिनुपर्छ भन्दै संसदमै आवाज उठ्न थालेको छ । नेकपाका सांसद अर्थात पूर्व मिस नेपाल श्रृंखला खतिवाडाका बाबु विरोध खतिवडाले यस विषयमा जोडतोडका साथ आवाज उठारहेका छन् ।

Related Articles

Back to top button
Close