किरात याक्थुङ्ग चुम्लुङ्ग मलेशिया को अधिवेशन हुदै क्वालालम्पुर,
मलेशिया:किरात याक्थुङ्ग चुम्लुङ्ग प्रबाश साखा मलेशियाले लामो समय पश्चात् आफ्नो संगठन लाई पुनर्गठन गर्ने भएको छ।केही समय अघि मलेशियाको भ्रमणमा रहेका किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सचिब डा.योगेन्द्र बालुवा लाई भेट गर्ने क्रममा चुम्लुङ्ग बारे बृहत् छलफल भएपछी अधिवेशनको माहोल बनेको हो। उक्त अधिबेशनका लागि चुम्लुङ्गका पुर्ब अध्यक्ष संयोजक रहने गरि १० सदस्यीय नया भेला आयोजक समिति गठन गरेको संयोजक कृष्ण आङ्देम्बेले बताए।पुरानो समिति लाई विघटन गर्दै आगामी सेप्टेम्बर-१९ तारिक क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा अधिबेशन गर्ने घोषणा गर्दै तदार्थ समिति समेत गठन भएको छ। मलेशिया चुम्लुङ्गका पुर्ब अधिकारीहरु सबै नेपाल गएपछि लामो समय सम्म नेतृत्व बिहिन अवस्थामा रहेको चुम्लुङ्ग लाई पुन निरन्तरता दिन पुनर्गठन गर्न लागिएको आङ्गदेम्बेले जानकारी दिएका छन।विशेषगरी लिम्बुहरुको मौलिक सास्कृती,धर्म,भाषा,रिति रिवाज र रहन-सहन लाई उत्थान र प्रबर्द्धन गर्नेमा चुम्लुङ्गको मुख्य भुमिका रहेको छ। -मलेशिया याक्थुङ्ग चुम्लुङ्ग तदार्थ समितिहरुको नामावली निम्नलिखित छ। १.संयोजक-कृष्ण आङ्देम्बे २.दील कुमार केरुङ्ग ३.जीतमान लिम्बू ४.याम लिम्बू ५.दुर्गा लिम्बू ६.प्रकाश मान लिम्बू ७.शन्त लिम्बू ८.कमला लिम्बू ९.दील कुमार तुम्रोक लिम्बु १०.दीप खादिहाङ्ग लिम्बु