समाचार

नेपालमा अब को’रोना सं’क्रमण छिटो फैलिन सक्ने विज्ञहरुको चे’तावनी

काठमाडौं। जनस्वास्थ्य विज्ञहरुले नेपालमा को’रोना (कोभिड–१९) सं’क्रमितको संख्या १०० नाघेपछि अब सं’क्रमितहरुको संख्यामा चाँडो वृद्धि हुनसक्ने चे’तावनी दिएका छन्। शुक्रबार नेपालगञ्जमा थप एक जनामा को’रोना सं’क्रमण भेटिएपछि नेपालमा सं’क्रमितको संख्या १०२ पुगेको छ। जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन्। निको भएका तीन जनामा पुनः सं’क्रमण देखिएपछि अस्पताल फेरि भर्ना गरिएको छ।

जनस्वास्थ्यविद् डा. सिद्दी अर्यालले अरु देशमा १०० सं’क्रमितको आँकडा पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले ड’रलाग्दो परिस्थिति आउनसक्ने आकँलन गरे। ‘अरु देशको उदाहरण हेर्दा १०० पुगिसकेपछि त्यसबाट १५ सय पुग्न ४–५ दिनदेखि एकहप्ताको समय लागेको छ,’ अर्यालले नेपालखबरसँग भने, ‘नेपालमा टेस्ट किटको अ’भाव र जाँचको परीणाम पनि घ’ट्दै गएकाले झन ड’रलाग्दो अवस्था आउनसक्ने देखिएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा १४ हजार ५ सयवटा नमूनाको मात्रै पीसीआर बिधिबाट परीक्षण भएको छ। परीक्षण किट अ’भावमा विभिन्न ठाउँमा परीक्षण रोकिएको छ। डा. अर्यालले विदेशबाट आएका मानिसहरुमा मात्रै देखिनुलाई त्यति ड’रलाग्दो अवस्था मानेनन्। उनले वीरगञ्ज, रुपेन्देही र नेपालगञ्जमा ठूलो संख्यामा मानिसहरुमा स्थानीय सं’क्रमण देखिएपछि समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका बढाएको बताए।

‘बाहिरबाट आएकै मान्छेलाई बढी देखिएको भए त्यसमा त्यति ड’र मान्नुपर्ने अवस्था हुँदैनथ्यो,’ अर्यालले भने, ‘तर अहिले कम्युनिटी ट्रान्सफर (समुदायमा सं’क्रमण) भैसकेको हो कि भन्ने शं’का बढेको छ। समुदायमा प्रवेश भयो भने ड’रलाग्दो स्थिति हुनसक्छ।’ स्वास्थ्य मन्त्रालयले भने उदयपुरमा २८, पर्सामा २४ र बाँकेमा २३ जनामा सं’क्रमण देखिएपनि समुदायमा को’रोना सं’क्रमण फैलिइसकेको स्थिति नभएको जिकिर गर्दै आएको छ।

Related Articles

Back to top button
Close