समाचार

कोरोना भाइरस : खाडीमुलुक ६ देशको ताजा अपडेट हेर्नुहोस् ।

काठमाडौं २६ फागुन / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९ ) संक्रमणबाट विश्वभर दुई लाख ७१ हजारले ज्यान गुमाइसकेको छ भने संक्रमितको सङ्ख्या ४० लाख नजिक पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या १३ लाख ५६ हजार पुगेको छ ।
लाखौं नेपाली कामदार रहेको खाडीमुलुकको ताजा अपडेट हेर्नुहोस् : अहिलेसम्म बहराइनमा २४५, यूएईमा १३, साउदीमा ४६, कुवेतमा ८४, कतारमा १५, मलेसियामा १८ जना गरी जम्मा ४२१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा ११, यूएईमा दुई र मलेसियामा तीन गरी १६ जना निको भएर काममा फर्किएका छन् ।
कतार
सङ्क्रमित सङ्ख्या : १८ हजार ८९० जना । (१५ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : २२ सय ८६ जना ।
अस्पतालमा उपचाररत : १६ हजार ५९२ जना ।
मृतकको सँख्या : १२ जना ।
युएई
सङ्क्रमित सङ्ख्या : १६ हजार २४० (१३ जना नेपालीसहित ।)
निको भएर घर फिरेकाहरु : ३५ सय ७२ जना (दुई नेपालीसिहत)
अस्पतालमा उपचाररत : १२ हजार ५०३ जना । (८ नेपालीसहित)
मृतकको सँख्या : १६५ जना । (३ नेपालीसहित)
साउदी
सङ्क्रमित सङ्ख्या : ३३ हजार ७३१ जना (४६ जना नेपालीसहित) ।
निको भएर घर फिरेकाहरु : ७ हजार ७९८ जना (११ जना नेपालीसहित) ।
अस्पतालमा उपचाररत : २५ हजार ७१४ जना । (३५ नेपालीसहित)
मृतकको सँख्या : २१९ जना ।
बहराइन
सङ्क्रमित सङ्ख्या : ४१ सय ९९ जना । (२४५ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : २ हजार जना ।
अस्पतालमा उपचाररत : २१ सय ९१ जना।
मृतकको सङ्ख्या : ८ जना ।
कुवेत
सङ्क्रमित सङ्ख्या : ६ हजार ५६७ जना । (८४ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : २३ सय ८१ जना ।
अस्पतालमा उपचाररत : ४१ सय ४२ जना ।
मृतकको सङ्ख्या : ४४ जना ।
ओमन
सङ्क्रमित सङ्ख्या : २९ सय ५८ जना ।
निको भएर घर फिरेकाहरु : ९८०जना ।
अस्पतालमा उपचाररत : १९ सय ६३ जना ।
मृतकको सँख्या : १५ जना ।
ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

Related Articles

Back to top button
Close