समाचार

आज पनि भेटिए थप १ जना कोरोना संक्रमित , संक्रमितको संख्या १०२ पुग्यो

काठमान्डौ , आज नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दामा संक्रमण पोजेटिभ देखिएको हो। नेपालगञ्जमा भेटिएका सक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताए।

हाल १५ हजार ६ सय २४ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा छन् भने १ सय ३५ जना आइसोलेसनमा छन्। उपत्यकामा तीन जना आइसोलेसनमा छन्। शुक्रबार नै कोसी अस्पतालतमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ३० पुगेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिए। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ।

Related Articles

Back to top button
Close