रोचक

यो कहालीलाग्दो एउटा इतिहाँस : गौतम बुद्ध असफल भएपछि यसरी बगेको थियो ७७ हजार मानिसको र’गत !

आज दुई ५६४ औँ बुद्धजयन्ती विश्वभर मनाइँदै छ । बुद्ध जन्मस्थल लुम्बिनीसहित विभिन्न स्थानमा गौतम बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । कोभिड–१९ को जोखिमका कारण यसपटक औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । यस वर्ष बुद्ध जन्मस्थलमा मनाइने बुद्धजयन्तीका सबै कार्यक्रम स्थगन गरिएको छ । औपचारिक कार्यक्रम स्थगन भए पनि आज सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दुई हजार ५६४ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिनुभयो । आज बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना भाइरसका कारण मृ/त्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गर्नुभएको छ ।

‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरररष्ट्रिय बौद्ध सम्मेलन मनाउने तयारी गरिए पनि कोरोना संक्रमणका कारण स्थगन गरिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो । ‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवत्र्तक शाक्यमुनि गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्मले बताए ।

विसं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन ह/त्याहिं/सामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । अहिंसा धर्मका प्रवत्र्तक गौतमबुद्धको जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले २९ वर्षका उमेरमा तिलौराकोट दरबार त्यागेर ज्ञानको खोजीमा लाग्नुभएको थियो । छ वर्षको ध्यानपछि ३६ वर्षका उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । छत्तीस वर्षको उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ ।

बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनुभएको छ । चार आर्य सत्य संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपाय छ भनी बुद्ध दर्शनमा व्याख्या गरिएको छ । “बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्”, भिक्षु धम्मले भन्नुभयो । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।

बौद्ध दर्शनको आधारशिला प्रतीत्यसमुत्पाद हो । हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञान), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्छन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।

यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिनुभएका उपदेशलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक(त्रिपिटक) गरी तीन ग्रन्थमा विभाजन गरिएको छ । सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो संगीति (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको हो जसमा बुद्धका उपदेशहरु छन् । विनयपिटकमा भिक्षुभिक्षुणीका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको संग्रह गरिएको छ ।

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गर्ने जनाइएको छ । सर्वसाधारण मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले बौद्ध चैत्यमा यस्तै निर्णय गरेको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले राससलाई जानकारी दिनुभयो ।इसापूर्व ५६३ अर्थात् आजभन्दा दुई हजार ५६४ वर्षअघि लुम्बिनी उद्यान(हालको रुपन्देही जिल्ला)मा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनन्नतीस वर्षका उमेरमा दरबार छाडी तपस्याका लागि निस्कनुभयो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि दुःख निवारणका आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । पैँतालीस वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षका उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन ह/त्या, हिं/सामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशिन भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एशियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।

यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाको ‘बुद्धिष्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययनअध्यापन गर्दै आएका छन् ।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’( ‘त्रिपिटक’)का रुपमा सङ्गृहीत छ । सम्राट् अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी गामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ(लुम्बिनी) पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ जसले शाक्यमुनिको जन्म नेपालको लुम्बिनीमै भएको स्पष्ट देखाउँछ ।

तत्कालीन पश्चिमी कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।

बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन विसं २०७० को अन्तिमतिर म्यान्मामा बिम्स्टेक सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एशियाका भारत, म्यान्मा, श्रीलङ्का, थाइल्याण्ड, हङ्कङ, मङ्गोलिया, भुटान, सिङ्गापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई धेरै देशले समर्थनसमेत गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव तत्कालीन संविधानसभा सदस्य रामेश्वर फुयाँलले संसद्मा दर्ता गराउनुभएको थियो ।

गौतम बुद्ध असफल भएपछि यसरी बगेको थियो ७७ हजार मानिसको र’गत !

भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको र उनको जन्मस्थानको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु समेत हुने गरेका छन् । त्यसर्थ, नेपाल सरकारको आयोजनामा आजकै दिन भगवान बुद्धको जन्मस्थल, उनले प्राप्त गरेको बुद्धत्व लगायतका विषयहरुलाई छर्लङ पार्ने उद्धेश्य र लुम्बिनी अर्थात नेपाललाई विश्वभर स्थापित गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत भैरहेको छ ।

वास्तवमा आजभन्दा पच्चिस सय वर्षअगाडि अर्थात ईपू ५६३ वैशाख पूर्णिमाका दिन कपिलवस्तुमा शाक्य वंशको कोखमा जन्मिएका सिद्धार्थ गौतम (भगवान) बुद्ध) र उनको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु भइरहेता पनि यो विषयमा इतिहासविदहरुको एउटै निश्कर्ष छ, ‘भगवान बुद्धको जन्म नेपालको कपिलवस्तुमै भएको हो ।’यसै,सन्दर्भमा इतिहासकारहरुले दाबी गरेका भगवान बुद्ध र उनको राज्यकालमा जोडिएका केही रोचक प्रसंगलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । गौतम बुद्धको जन्म कपिलवस्तुका शाक्यवंशी परिवारमा भएको थियो । गौतम बुद्ध २९ वर्षसम्म आफ्नो दरबारमा बिताएर शान्तिका लागि दरबारबाट बाहिरिनु भएको थियो ।

त्यसपछि उहाले पहिलो उपदेश सारनाथमा पुगेर दिनुभएको थियो । त्यहीबाट सुरु हुन्छ उनको अन्तरध्यानमय यात्राको सुरुवात । त्यसबेला उहाँले पाँचजना गृहत्यागी भिक्षुहरुलाई उपदेश दिएका थिए । भगवान बुद्धबाट उपदेश लिने पहिलो भिक्षु कौडन्य हुनुहुन्थियो, जो कपिलवस्तुकै हुनुहुन्थियो । त्यस्तै, उहाँको जीवनसँग जोडिएकी पत्नी यशोधरानै पहिलो महिला भिक्षुनी हुनुहुन्थियो । कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मिएको सिद्धार्थ गौतमलाई हुर्काउने काम भने राजाकी कान्छी रानी प्रजापतिबाट भएको बताइन्छ । बुद्धत्व प्राप्त गर्न दरबारबाट बाहिर निस्केका सिद्धार्थ दोश्रो वर्षावासमा कपिलवस्त पुग्नुभएको थियो ।

यु’द्धमा हारेका बुद्ध

त्यसबेला छिमेकी कोशल राज्यका प्रसेनजितले कपिलवस्तुकी शाक्य वंशकी कन्या विवाह गर्ने इच्छा जाहेर गरेर त्यहाँ पुग्दा एउटा डरलाग्दो घटनाको सुरुवात भएको थियो । कपिलवस्तुका शाक्य राजाहरुको मिलेमत्तोमा प्रसेनजितलाई ल्याईतेपट्टिकी महिलाबाट जन्मेकी छोरीसँग षडयन्त्रपूर्वक विवाह गरियो । सो विवाह पछि उनीहरुबाट एक बालकको जन्म भयो, जसको नाम विरुद्धक थियो । उनी एक दिन मावली जाँदा कपिलवस्तुका शाक्यहरुले ठूलो अपमान गरे । त्यसपछि उनले मावलीविरुद्ध त्यसको बदला लिएरै छाड्ने अठोट गरे । त्यसको लगत्तै रोहीणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर ठूलो झ’गडा पर्यो ।

तीनपटक सम्म त उक्त झ’गडा गौतम बुद्धले मिलाउनु भएको थियो । चौथो पटकको यु’द्धमा भने गौतम बुद्धले हार खानुभयो । झ’गडा मिलाउन सक्नुभएन । मावलीको इखले भएको सो ल’डाईमा विरुद्धकले कपिलवस्तुका करिब ७७ हजार मानिस मा’रेको इतिहासमा उल्लेख छ । त्यसपछि शाक्य र कोलीहरु भागेर काठमाण्डौ उपत्यकामा प्रवेश गरेको प्रसंग प्रध्यापक डा.रामप्रसाद उपाध्यायले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

बुद्धको जन्म र त्यसको भ्रम

बुद्धको महापरिनिर्वाण अघि उहाका बारेमा कुनै ग्रन्थहरु लेखिएनन् । उहाँको जीवनीमा आधारित पहिलो ग्रन्थ कविताको शैलीमा महाकवि अश्वघोषले उतारेका थिए । महाकवि अश्वघोषनै भगवान बुद्धको जीवनी उतार्ने पहिलो विद्धान हुनुहुन्छ । त्यसपछि लुम्बिनी भ्रमणमा आएका चिनियाँ भिक्षुहरु फाइयान र युवान चाङ लगायतले बुद्धको जन्मस्थल र उहाँको जीवनीबारे विश्वभर प्रचारप्रसार गराउन सहयोग पुर्याएका थिए । हिन्दुस्तान (भारत)बाट आएका प्रियदर्शी सम्राट अशोकले समेत भगवान बुद्धको बारेमा स्पष्ट विचार राखेका स्तम्भहरु भेटिएका छन् ।

सम्राट अशोक भगवान बुद्धले महानिर्वाण प्राप्त गरेको २९४ वर्षपछि अर्थात इपू २४९ मा आफ्ना गुरु उपगुप्तका साथ नेपालको लुम्बिनी भ्रमणमा आएका थिए र उनले त्यसबेला कपिलवस्तु भ्रमण गरेर एक लाख सुनका सिक्का दान गरेको इतिहासमा उल्लेख छ । सोही बेला उहाँले आफ्नो नाममा अशोक स्तम्भ खडा गरेका थिए ।

अशोक स्तम्भ खडा गर्दै उहाँले लेख्न लगाएका पंक्ति यस्ता छन्, ‘राज्याभिषेक भएको बीस बर्ष पुगेका(२५० इपू) देवताहरुका प्रिय, प्रियदर्शी राजाले स्वयं यहाँ आएर पुजा गरे । यहाँ शाक्यमूनि बुद्ध जन्मेका थिए भनी ढुंगाको ठूलो पर्खाल बनाइयो र शिलास्तम्भ खडा गरियो । यहाँ भगवान जन्मेका थिए भनी लुम्बिनी वलि र अष्ट भाग क्षमा गरियो ।’ सम्राट अशोकले आफ्नो स्तम्भमा लेख्न लगाएका उल्लेखित पंक्तिले पनि भगवान बुद्धको जन्मस्थलबारे चलेका संसारभरका भ्रमहरुलाई खारेज गरिदिन्छ । गौतम बुद्धको पालाको ल’डाई र जीवनपछि कपिलवस्तु विस्तारै उजाड बन्दै गएको बताइन्छ । भारतमा मुसलमान र हिन्दुहरुको शक्ति संघर्षले यो पवित्र भूमि थुप्रै सय वर्ष उजाड बनेको थियो ।

पछिल्ला करिब ८ सय वर्षयता सो क्षेत्रको बारेमा विशेष खोज तथा अनुसन्धानका लागि नेपाल र भारतले विशेष चासो दिएको देखिन्छ । लुम्बिनीको पूरातात्विक विकासमा पहिलोपटक ध्यान दिने नेपाली व्यक्तित्व केशर शम्शेर जवरा हुनुहुन्छ, जसले लुम्बिनीको खोज तथा अनुसन्धान यात्राको पहिलो पाइला चाल्नु भएको थियो । यसबेला नेपालमा भगवान बुद्धले दिएको दर्शन र उहाँको विश्वभर चम्किएको व्यक्तित्वलाई थप उजागर गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन जारी छ । त्यसमा संसारभरका दर्जनौ संस्कृतिमन्त्री, भगवान बुद्ध र उहाँको दर्शनसँग विशेष दख्खल राख्ने अध्ययेताहरु, विभिन्न देशका भिक्षुहरु लगायतले भगवान बुद्धको जन्मस्थल भरिभराउ छ । सम्मेलनले भगवान बुद्ध, उहाँको दर्शन र विश्वदृष्टिकोणबारे नयाँ घोषणापत्र समेत जारी गर्नेछ ।

Related Articles

Back to top button
Close