अन्तर्राष्ट्रिय समाचार

भारतमा को’रोनको क’हर ड’रलाग्दो : पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा

भारतमा बुधबार को’रोना सं’क्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन सं’क्रमण बढ्ने र’फ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म सं’क्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा यो संख्या ह्वात्तै बढेको हो । यसअघि भारतमा को’रोनाको पहिलो सं’क्रमण भेटिएपछि १० हजारमा सं’क्रमण फैलन ७५ दिन लागेको थियो । त्यस्तै, को’रोना भि’त्रिएको सुरुवाती ६२ दिनमा केवल ५० जनाको ज्या’न गएको थियो । तर, बुधबार एकै दिन ९२ जनाको मृ’त्यु भयो । अहिलेसम्म कुल १७ सय ८५ जनाले ज्या’न गु’माइसकेका छन् । त्यस्तै, १५ हजार ३ सय ३१ जना निको भएका छन् ।

यस्तो छ वृद्धिदर
भारतमा ३० जनवरीमा केरलामा पहिलोपटक को’रोना सं’क्रमण भेटिएको थियो । १३ अप्रिल अर्थात् ७५ दिनपछि मात्रै सं’क्रमितको संख्या १० हजार पुगेको थियो । यसपछिको ८ दिन अर्थात् २१ अप्रिलसम्म थप १० हजार बिरामी बढेर संख्या २० हजारमा पुग्यो ।

अर्को ७ दिन अर्थात् २८ अप्रिलसम्म सं’क्रमित संख्या ३० हजार नाघ्यो । त्यस्तै, ३० हजारबाट ४० हजारमा पुग्न केवल ५ दिन लागेको थियो । भारत सर्वाधिक धेरै को’रोना सं’क्रमण महाराष्ट्र राज्यमा फैलिएको छ । यहाँ, १५ हजार ५ सय २५ जनामा सं’क्रमण भेटिएको छ ।

लकडाउनका बाबजुद ४९ हजारभन्दा बढीमा सं’क्रमण

भारत सरकारले लकडाउनका कारण सं’क्रमण फैलने क्रम धेरै हदसम्म रोकिएको दा’बी गरेको छ । २४ मार्चसम्म सं’क्रमितको संख्या ५ सय ७१ थियो । २५ मार्चदेखि भारतमा लकडाउन लागु भयो । यसबीच ४९ हजार ४ सय २३ जनामा को’रोना फैलिएको पुष्टि भयो । विज्ञहरुले समयमै सतर्कताका उपाय अवलम्बन नगरे भारतमा दशौँ लाखमा को’रोना फै’लनसक्ने चेतावनी दिएका थिए ।

Related Articles

Back to top button
Close