भिडियो

स्थानीयले नेपालगन्जमा यसरि लखेटे प्रहरीलाई, ज्यान जोगाउन प्रहरी भाग्यो (भिडियोसहित)

निषेधित क्षेत्र घोषित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मंगलवार प्रहरी र स्थानीय व्यापारीबीच झडप भयो । । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तो’डफो’ड गरियो ।

अहिले प्रहरी माथि भएको सो आ क्रमणको भिडियो सार्वजनिक भएको छ । भिडियोमा तीन जना प्रहरी अगाडी अगाडी दौडिएको देखिन्छ पनि उनीहरुको पछाडी युवाहरुको एक हुल छ । युवाको हुलले ढुंगा र इट्टा प्रहरी तर्फ प्र हार गर्दै लखेटेको देखिन्छ । प्रहरी भा गेर टाढा पुगिसकेपछि ति युवाले रोकिराखेको प्रहरीको गाडीमाथि ढुँगा प्र हार गर्दै तो’ड फो’ड गरेको भिडियोमा देख्न सकिन्छ ।

बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूह र प्रहरीबीच झडप भएको हो । झडपमा एक सर्वसाधारण घाइते भएको भन्दै भिडियो सार्वजनिक भएको थियो । ब्यवसायीले प्रहरीको गाडीमा तोड फोड गर्दा गाडीको अगाडिको सिसा फु टे’को प्रहरीले जनाएको छ ।

झडप पछि प्रहरीले ब्यापक जनशक्ति परिचालन गरी केहीवेरमा स्थिती सामान्य बनेको थियो । निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा प्रहरी पुग्दा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हा’त पात गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरेको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन) का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना सं क्र म ण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ ।

Related Articles

Back to top button
Close