Banner newsभिडियो

जिउँदै मानिसलाई अन्तिम संस्कारका लागि घाट लगियो श्रीमानले खुलाए यस्तो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं । अस्पतालवाट सिधै पाल्पाको रिडि घा*टमा अन्तिमसंस्कारका लागी लगिएकी महिलाको अहिले फेरी अस्पताल सुरु गरिएको छ । झाडापखाला लागेर अस्पताल लगिएको महिलालाई मुटुको पनि समस्या देखिएपछि उनलाई आफन्तको आग्रहमा अस्पतालवाट बाहिर निकालिएको थियो । अक्सिजन लगाएर अस्पतालवाट बाहिर निकालिएकी महिलालाई अक्सिजनको पाइप शरिरवाट निकालेपछि मृ*त्यु भएको ठानेर घाट लगिएको थियो । तर घाटमा उनलाई अन्तिम संस्कारको तयारी गरिरहँदा उनले श्वास चलाएको थाहा पाएपछि उनलाई फेरी अस्पताल ल्याइएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमान सुर्यचन्द्र ज्ञवालीले श्रीमतीको उपचार भइरहेको बताए ।

अहिले पनि श्रीमतीको उपचार सुरु भएपनि उनको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भएको ज्ञवालीले बताए । उनले सबैसंग सहयोगको लागि आह्वान गरेका छन् । श्रीमानले आफु घाटमा जान नसकेका कारण घाटमा भएको घटनावारे थाहा नपाएको थाहा पाएनन् । गाउँमै बलवान महिला भनेर गनिएकी महिला एकैपटक बिरामी भएपछि उनका श्रीमान चिन्तामा पुगेका थिए । अहिले भने उनलाई आर्थिक समस्याले पिरोलेको छ ।

अस्पतालबाट दाहसंस्कारका लागि रिडी घाटमा पुर्‍याइएकी नर्मदा ज्ञवालीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृगौलाको डायलाशिस सुरू गरिएको छ ।रैनादेवी छहरा गाउँपालिका—१, सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीलाई सोमबार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पुर्‍याइएको थियो । तर घाटमा अर्धजल दिने बेलामा उनी जिउँदो रहेको पत्ता लागेपछि तत्कालै रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको थियो ।

Related Articles

Back to top button
Close