भिडियो

यस्तो भएपछि..आमा मरेर बिचल्ली परेका जुम्ल्याहा नानीको कोठामा रुवाबासी । शिशिर भण्डारीले २ छोरी काखमा लिदै भने- ‘नरुनुस म छु’ (भिडियो हेर्नुस)

काठमाडौंको बौद्धमा जुम्ल्याहा छोरीहरु जन्माएको ११ दिनमा आमाले यो सँसार छोडेपछि ती छोरीहरुको बिचल्ली भयो । गरिब बुवाले आफ्नो ज्यालादारीबाट कमाएको पैसा श्रीमतीको उपचारमै खर्च गरे, नानीहरुलाई दुध खुवाउने पैसा पनि भएन । त्यसैबिच शिशिर भण्डारी भगवान बनेर त्यहाँ पुगे । आफुले सकेको आर्थिक सहयोग गरे अनि देश बिदेशमा रहेका सबैलाई सहयोग गर्न अनुरोध गरे ।

लकडाउनका कारण सहयोग गर्न मन हुनेले पनि सहयोग गर्न नसकेको अवस्थामा शिशिर भण्डारी काठमाडौंका गल्ली गल्ली डुल्दै जुम्ल्याहा नानीहरुका लागि सहयोग उठाउँदैछन् । शिशिले आफ्नो फेसबुकमा लेखे, जुम्ल्याहा बच्चा जन्माएको ११ दिनमा आमाको मृत्यु भएपछि ती नानीहरुलाई खुवाउन दुध र औषधी किन्ने पैसा पनि नहुँदा बिचल्ली भएपछि आफुले सक्दो सहयोग गरेर थप सहयोग उठाउन हिजो दिनभरी काठमाडौंको गल्ली गल्ली पुगे । लकडाउनका कारण ठाउँमै गएर अथवा आईएमी मार्फत सहयोग गर्ने अवस्था नभएपछि ती नानीहरुको लागि क्यामराम्यान भाई लक्ष्मण अधिकारी र म खटियौं । काठमाडौंका बिभिन्न दश ठाउँमा पुग्दा नानीहरुका लागि कसैले दुध, कसैले आर्थिक सहयोग, कसैले उनीहरुको बुवाको लागि खानेकुरा त कसैले डाईपर, साबुन, स्याम्पु आदि सहयोग गर्नुभयो । यस्तो भएपछि..जुम्ल्याहा नानीको कोठामा सबै रोए । शिशिर भण्डारीले २ छोरी काखमा लिदै भने- ‘नरुनुस म छु'(भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close