समाचार

भरतपुरमा एक बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब काठमाडौं पठाईयो

चितवन, चितवनको भरतपुर–१०, स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ ।रुपन्देही स्थायी घर भइ हाल पूर्वीचितवन को खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको मृत्यु भएको हो । मंगलबार दिउँसो उमादेवीलाई ज्वरो आएको थियो भने दम र प्रेसरको समेत समस्या थियो । लगत्तै उनलाई पुरोना मेडिकल कलेज ल्याइएएको थियो । उनको उपचारको क्रममा मंगलबारराती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।यसअघि पनि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

Related Articles

Back to top button
Close