समाचार

नेपालले अब भारतीय सीमा क्षेत्रमा ५ सय चेकपोष्ट राखेर थप ९ हजार सुरक्षाकर्मी खटाउने

काडमाडौं, २४ बैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट (बोर्डर अब्जरभेजन पोस्ट(बीओपी) राख्ने तयारी गरेको छ ।गृह मन्त्रालयले नेपाल(भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्ताव तयार गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सीमा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन् ।

गृहमन्त्री थापाको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले भारतकै बराबर बीओपी राख्ने खाका तयार पारी गृह मन्त्रालयमा समक्ष प्रस्तुत गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

हाल सीमामा एक सय २१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय १६ पुर्‍याउने सरकारी तयारी छ । प्रस्ताव अनुसार हालको संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको छ ।

हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३।५ किलोमिटरको दूरीमा रहनेछ । दक्षिणी सीमानामा १ हजार ८ सय ८० किलोमिटर दूरीमा भारतको एसएसबीअन्र्तगतका ५ सय ३० बीओपी छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close