समाचार

मादक पदार्थ सेवन गरी कुलोमा लड्दा अधिकारीको मृत्यु

विराटनगर / कुलोमा डुबेर मोरङको कानेपोखरी गाउँपालिका–५ का ४२ वर्षीय तेजेन्द्र अधिकारीको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी सोमबार बिहान ११ बजे घर नजिकै रहेको फलैँचामा बसिरहेको अवस्थामा फलैँचाबाट लडेर अधिकारी कुलोमा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार त्यही कुलोमा डुबेर अधिकारीको मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Back to top button
Close