मा’हामारीमा गरीबिले भोकमरीमा रहेका पिडित हरुलाइ सहयोग गर्दै..सहयोगी हातहरू लाई हार्दिक नमन
मिलन कार्की,मोरङ्ग
यतिबेला कोरो’ना भाइरसका कारण भएको लकडाउनले धेरै स्थानमा अति विपन्न परिवारलाई दैनिक गुजारा गर्न मुस्किल परिरहेको छ । यो मध्ये मोरङको विराटनगर स्थित वाँसवारी भित्री बस्तीका अति पी’डा भोगी रहेको खबर सङ्गै गएर बुज्दा १० परिवारले ठुलो कष्टपुर्ण दिन कटाईरहेका देखे ।
पीडित परिवारसंग अहिले खाने कुनै अन्न छैन । दैनिक परिरहेको पानीले झन उनिहरुलाई विचल्ली वनाएको छ । यी परिवारले लकडाउन अघि विभिन्न श्रम गरेर पेट पाल्दै आएका थिए । लकडाउनका कारण कोहि उद्योगमा काम गर्थे । कोहि सिलाईवुनाई र अन्य मजदुरी गरेर परिवार पाल्दै आएका थिए । तर, अहिले लकडाउनका कारण सबै काम बन्द भएपछि परिवारमा ठुलो विचल्ली आएको छ ।
सरकारले दिएको राहत सामग्री सकिएको हप्तौं दिनभन्दा बढि भइसक्यो घरमा अन्न छैन । बुढाबुढी, बालबालिकामा रुवावासी छाएको छ ।
पीडितको गुनासो मैले लन्डन बस्दै आउनु हुने आदरणीय मनकारी दिदी Lila Rai सम्म पुर्याएको थिए उहाले केही साथी संग मिलेर सहयोग गर्ने वचन दिनुभएको छ । उहाँ दिदी प्रती निसब्द छु। यी परिवारहरुले गरिरहेको सहयोगको अपेक्षा छिट्टै पूरा हुनेछ। “एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै धर्म हो”
“हामी पनि बाँचौं अरुलाई पनि बचाउँ ’ भन्ने भावना भएका सहयोगी मनहरुको यो परिवारलाई अहिले अत्यन्तै खाँचो छ ।