समाचार

विकास पनि नगर्ने जनताको पिर मर्का पनि नसुन्ने हो भने राजीनामा दिनुहोस् बरू रबि लामिछाने , ज्ञानेन्द्र शाही, धुर्मुश ,जस्ता legend हरूलाई यो देश जिम्मा दिनुहोस् – रबि थापा

नेपालीहरले एउटा सोच बनाएका छन्,कि नेपालमा जो आएपनि राम्रो केही हुँदैन र हुनेवाला पनि केही छैन, देश यस्तै हो ।कहिल्यै केही हुदैन ।शहर ,गल्ली ,चोक ,पुस्तकलाय देखि बिधालय सम्म मानिसहरू देशमा केही हुदैन भनेर ठोकुवा गर्छन् त कोही घाटी काटेर दिन्छु भनी कबोल गर्छन् ।
यति धेरै निराश हुनुको कारण आजसम्म नेताहरू र सिष्टम गतिलो नभएकाले नै हो ।तर मलाई कहिलेकाही केही सोच्न मन लाग्छ ।आजकालका नेताहरूले मन्त्री ,प्रधानमन्त्री बनौंला , भ्रष्टा’चार गरौंला ,टनाटन सम्पत्ति कमाउला र बिदेश भ्रमण गरौंला भनेर राजनीतिक गरेका हुन त।।म प्रधानमन्त्री के पी ओलीको बारेमा केही भन्न चाहन्छु , उहाँ त अहिलेसम्म २,४ पटक प्रधानमन्त्री भई सक्नुभयो।हजुरले त देशमा शान्ति तथा समृद्धि लिएर आउछु भनेर बाचा तथा भाषण गर्नुभएको थियो तर यत्रो २ वर्ष हुन लाग्दा खेरि सम्म केही गर्न सक्नुभएन ।
हजुर त एउटा शिक्षित परिवारको मानिस हुनुहुन्छ । किन यत्रो चोटि प्रधानमन्त्री हुदा पनि त्यसता भ्रष्टा’चारी ,दलालहरू चिन्न सक्नुभएन । हे नेता ज्युहरू ,तपाईहरूलाई जनताले यसै जिताएर पठाएका होइनन् । आफ्नो दुख, पीडा , पिर मर्का अधिकार बारे बोलिदिउन भनेर हो। दुर्भाग्य जनतालाई एकपटक नमस्कार टक्रयाउछन्।त्यसपछि आजीवन जनताले नेतालाई जीवन भरी नमस्कार टक्रयाउछन्।
नेताहरूले चुनावमा गरेको नमस्कार यति महङ्गो पर्न आउछ कि एकपटक ती नेतालाई भेट्न अति गार्हो हुन्छ ।गरिब गाउँ बस्तीमा बस्ने जनताले गर्दा चुनाव जितेर नेता बन्छन् अनि तीनै गरिबको दुख , कष्ट नसुनेर ठूलाठूला सुटे्ट , बुटेट मानिस सँग हिड्ने गर्छन्।कोही नेताहरू त यति बदलिएकी आफ्ना मतदाता पनि फोहोरी लाग्न थाले।आफ्नोे गाडीमा राखेर एउटा दुईटा जनताको पिर मर्का समाधान गर्न सकिन्छ नि तर नेता जि को गाडी फोहर हु्न्छ रे।त्यसैले मन्त्री ज्युको गाडीमा त ठूलाठूला ब्यक्तिहरू हिड्नु पर्छ रे।
मन्त्री ज्युहरूले गाउँमा सिसनो र डिढो खाएर हुर्केको भुलि सक्नु भयो ।गाउँमा नेता हुन भन्दा अघि गोबर सोरेको भुलि सक्नुभयो। त्यसैले त होला मन्त्री ज्युहरले सानासाना जनताको दुख कष्ट नहेरी ठुला ठुला को कुरा सुनेको ।एक वर्षमा लगभग पाँच सात पटक बिदेश भ्रमण हुन्छ मन्त्री ,प्रधानमन्त्री ज्युहरूको , त्यहाँ गएर त्यहाँका चिल्लो र गगन चुम्बी भवन हरू देखेर आउनुहुन्छ अनि यहाँ आएर आफ्नो देश ,त्यो बिदेश जस्तो कसरी बनाउने होला भन्ने कुरामा कति पनि चिन्ता छैन बरू चिन्ता यो छ कि आफ्नो मुख कसरी चिल्लो बनाएर साता पुस्ता सम्मको लगि मुख चिल्लै बनाउने भन्ने कुरामा छ।
गाउँमा हुदा खेरि गोडामा एउटा गतिलो लुगा नभएका नेताज्युहरूलाई अहिले दुई मिनेट हिड्दा खुट्टा मर्किन्छ ।त्यसैले त उहाँहरूलाई छुटै एउटा हेलिकप्टर चाहिन्छ । हे मन्त्री ज्युहरू कहिलेसम्म जनताको किच्किच सुनेर बस्नुहुन्छ अब ढिलो नगरिकन देशलाई विकास तर्फ तिर लिएर जानु होस्।अनि बल्ल बन्द हुन्छ बाजि ठोक्ने र घाँटी काट्ने किरिया ।नत्र विकास पनि नगर्ने जनताको पिर मर्का पनि नसुन्ने हो भने आफ्नो पद राजीनामा दिनु ।
रबि लामिछाने , ज्ञानेन्द्र शाही, धुर्मुश ,जस्ता legend हरूलाई यो देश जिम्मा दिनुहोस् ।
लेखक: रबि थापा,स्याङ्जा

Related Articles

Back to top button
Close