Monday, January 27

नेपालका यी पाइलट जोडी, विमान उडाउँदा उडाउँदै माया बसेपछि… यस्तो छ जीवन संघर्ष

January 12, 2020 426

काठमाडौं। सन् २००८ मा बुद्ध एयरमा जुनियर फस्ट अफिसरका रूपमा प्रवेश गरेका पाइलट हुन्, शिखर ढकाल तथा कोमल बस्नेत । पुख्र्यौली घर विराट नगर भएको यो जोडीको पारिवारिक सम्बन्ध निकै सुमधुर थियो । विदेशबाट पढाइ सकेर नेपाल आउँदा सम्म शिखर र कोमल*बीच चिनजान भने भएको थिएन । कोमल विराटनगरमा हुँदा शिखरको परिवार काठमाडौं सरिसकेकाले पनि उनी हरूको भेट नभएको हो ।

अमेरिकाबाट पाइलट कोर्स सकेर काठमाडौं आई एफआरओ कक्षा लिने क्रममा उनी हरूबीच चिनजान भयो । १२ जनाको उक्त समूहमा शिखर, कोमल र अन्य दुई जना मिल्ने साथी थिए । त्यसमा पनि शिखर र कोमल बढी क्लोज देखिन्थे। कोमलसँग त्यतिबेला सवारी साधन थिएन । त्यसैले शिखर लिन आउँथे अनि पुर्‍याउन पनि जान्थे । बाइकको पछाडि बसेर विभिन्न कुराकानी गर्दै नजिकिएको यो जोडी फुर्सदमा खान र घुम्न जान थाल्यो ।

उनीहरूले एउटै प्लेन उडाउन नपाए पनि एउटै समयमा छुट्टाछुट्टै प्लेन भने धेरैपटक उडाएका छन्.,रिजर्भ बस्ने शिखर कोमलको बोली, व्यक्तित्व एवं व्यवहारका साथै कसैसँग नडराउने बानिप्रति आकर्षित भए। कोमललाई भने शिखरको इनोसेन्स कुल अनि नआ त्तिने व्यवहार एवं कामप्रतिको इमान्दारिताले आकर्षित गर्‍यो । एकले अर्कालाई मन पराउने कुरा थाहा पाएपछि घरबाट उनीहरूको मागी विवाह भएको हो ।

उनीहरूको विवाहमा उनीहरूजत्तिकै दुवै परिवार खुसी थिए । विवाहपछि करियरमा गार्‍हो भन्दा अझ ऊर्जा बढेको उनीहरू बताउँछन। उनीहरूले एउटै प्लेन उडाउन नपाए पनि एउटै समयमा छुट्टाछुट्टै प्लेन भने धेरैपटक उडाएका छन। एउटै समय हुँदा एयरपोर्ट मा एक–अर्कालाई भेट्दा निकै रमाइलो अनुभव हुने कोमल बताउँछिन् । अफिसले हप्ताको एक दिन सँगै छुट्टी मिलाइदिएकाले उनीहरूलाई घुम्न वा कतै जान समय मिलाउनु पर्दैन ।

समय मिलाएर वर्षको एक पटक बाहिर घुम्न जाने यो जोडीलाई एउटै क्षेत्रको भएकाले कामको मर्म बुझ्न सजिलो भएको अनुभव छ । उनी हरूले भारतको टुर जंग कम्पनीमा ७ महिना क्याप्टेनका रूपमा काम गरेका छन् । त्यहाँ कतिपय ठाउँमा नेपाली भनेर हेप्न खोज्दा कोमलले नै आवाज उठाउँछिन् । यो जोडीलाई हरेक काम उत्तिकै रिस्क भएको काम जस्तो लाग्छ ।

उनीहरूलाई आकाशमा प्लेन उडाउँदा जस्तो रमाइलो क्षण अरू कुनै लाग्दैन। कुन ठीक हो, कुन बेठीक हो छुट्याएर त्यसमा अडिग भएर लाग्ने उनको क्षमतालाई शिखर सलाम गर्छन् । उनीहरू घरको काम पनि मिलेर गर्छन् । बिहान अफिस नहुनेले खाना बना उने देखि लिएर घरका अन्य काम पनि गर्छन् । त्यसैले पनि उनीहरूमा घरको कामलाई लिएर कुनै तनाव हुँदैन । उनीहरू फुर्सदमा घरमै आराम गर्न रुचाउँछन् ।

अफिसबाट ६–६ महिनामा दुवैलाई सँगै ट्रेनिङमा बैंकक पठाइन्छ । त्यतिबेला उनीहरू दुई दिन समय थपी घुमेर आउँछन् । जस्तोसुकै समस्यामा पनि एकले अर्काको अनुहार मात्र देख्दा पनि आनन्द महसुस गर्छन् । यो जोडीलाई हरेक काम उत्तिकै रिस्क भएको काम जस्तो लाग्छ । उनीहरूलाई आकाशमा प्लेन उडाउँदा जस्तो रमाइलो क्षण अरू कुनै लाग्दैन । उनीहरू घरमा आ–आफ्नो अनुभव सुनाउँदै नयाँ टेक्नोलोजी र ठाउँ तथा मौसमका बारेमा छलफल गर्छन् । (नारीखबरवाट)

Loading...

प्रतिकृया दिनुहोस्