समाचार

दुबईमा एक हप्ताभित्र अर्घाखाँचीका यूवराज गैरे र सुशील भट्टराईको मृ’त्यु

यूएई, बैशाख। यूएईको दुबईमा कार्यरत अर्घाखाँचीका यूवराज गैरेको को’रोनाको कारण ज्यान गएको छ ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -८ चिउरामाटी घर भै बिगत १५ वर्षदेखि दुबईमा कार्यरत रहनुहुने ४७ वर्षीय युवराज गैरेको आइतबार ज्यान गएको हो। उहाँ वैशाख ५ गते अस्पताल भ’र्ना हुनुभएको थियो ।स्वास फे’र्न तथा ज्वरो आउने स’मस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पु’र्याएका थिए । सुरुमा नि’मोनियाका कारण बि’रामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई नि’मोनियाको औ’षधि दिएको थियो ।

धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ ।उहाँलाई भे’ण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ ।सुरुमा नि’मोनिया देखिएर अस्पताल भ’र्ना भएका उनको को’रोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले गैरेको घर परिवारलाई जानकारी दिएको थियो ।यो सँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यस अघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्यान गएको थियो । भट्टराईको ज्यान जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।

Related Articles

Back to top button
Close