समाचार

विदेशमा अ,लपत्र परेका आफ्ना नागरिकलाई भारतले अब स्वदेश फ,र्काउने

काठमाडौं, २३ वैशाख । विदेशमा फसेका आफ्ना नागरिकहरूलाई भारतले स्वदेश फर्काउने भएको छ । विदेशमा अ,लपत्र परेकालाई हवाई जहाज र जलसेनाको पानी जहाजमार्फत भारत सरकारले आफ्ना नागरिकहरूलाई स्वदेश फ,र्काउन लागेको हो ।

भारतीय गृह मन्त्रालयका अनुसार उ,द्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुनेछ । विदेशबाट उ,द्धार गर्ने भारतीय नागरिकहरूको सूची तयार गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार स्वदेश फर्काईनेहरुसँग भाडा लिइने छ ।

कोरोना भाइरस सं,क्रमणको लक्षण नभएकाहरू मात्रै स्वदेश आउन पाउनेछन् । उडान भ,र्नुअघि यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । भारत आइसकेपछि उनीहरूलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि सं,क्रमण नदेखिएकाहरूलाई उनीहरुको घर जान दिइनेछ ।

Related Articles

Back to top button
Close