सयौँ भारतीय एकाएक नेपाल आएर कोसी बाँधमा काम गर्न थालेपछि, को’रोना स’र्ने ड’रले स्थानीय त्र’सित !
राजविराज । नेपाल-भारत सी’मानाका बन्द रहेका बेला सयौँ संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१२ का बासिन्दा वि’रोधमा उ’त्रिएका छन्। स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर को’रोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अ’वरुद्ध पारे।
हनुमाननगर कंकालिनी नगरपालिका १२ का मो. साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनौँ, बालबालिका भोकै छन् तर सी’मापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ को’रोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मा’र्ने काम ठ’प्प भएको जनाउँदै उनले बाँ’धको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आ’रोप लगाए।
को’रोना सं’क्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेकोे भन्दै स्थानीय सूर्यनारायण मण्डलले विरोध जनाए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।