समाचार

लकडाउन अब नयाँ तरिकाले लगाउने तयारीमा सरकार ! कस्तो होला अबको ‘लकडाउन’ ?

काठमाडौं । सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए।

छलफल जारी रहेको र मंगलबार पुनः छलफल गरी अबको लकडाउनको मोडालिटीको स्वरुपको मस्यौदा तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा लगेर निर्णयमा पुगिने विडारीले बताए। ‘कोरोना संक्रमणको परीक्षण उल्लेख्य मात्रामा भइरहेको छ। यद्यपी, तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको छ।

लकडाउनको अवधि २५ वैशाखसम्म छ। सरकारले अब लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै ग्रीन जोन, रेड जोन, एल्लो जाने गरी तीन समूहमा देशका भूभागलाई विभाजन गर्ने र क्रमशः लकडाउन खुकुलो पार्दै जाने गरी समीक्षात्मक बैठकमा छलफल भइरहेको समितिमा रहेका एक मन्त्रीले बताए। उनका अनुसार, गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समन्वय गरी मोडालिटी के-कस्तो बनाउने भन्नेमा खाका तयार पार्ने जिम्मा सोमबारको बैठकले दिएको छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Related Articles

Back to top button
Close