समाचार

लकडाउन कडा पार्ने भनेको बाँकेको नेपालगन्जमा यो कस्तो कर्फ्यु ? अघि-अघि जिल्ला प्रशासनको गाडी पछि-पछि सयौंको भिड

नेपालगन्ज । लकडाउनको ४३ औं दिन मंगलबार नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । लकडाउन कडाईका साथ पालना नगरिएको भन्दै आलोचना खेपेको जिल्ला प्रशासन बाँकेले आज मंगलवार देखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो । विहान ११ वजेवाट कर्फ्यु लागू हुने भन्दै जिल्ला प्रशासन कार्यालयको गाडीमा माइकिगं गरिएको छ । सो सूचना दिन प्रशासनको गाडी सडकमा आउँदा त्यसको वरीपरी र अगाडी पछाडी सयौंका स्थानिय सडकमै अलमल गर्दै हिडेको भिडियोमा देख्न सकिन्छ ।

कोही पैदल छन् भने कोही ठेलागाडामा तरकारी बेच्न हिडिरहेको पनि देख्न सकिन्छ । नेपालगन्जमा I थप ७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालगन्जमा मात्र कोरोना पुष्टि हुनेको संख्या २३ जना पुगेको छ । नेपालमा सबैभन्दा धेरै कोरोना पुष्टि हुने जिल्ला मध्य बाँके दोस्रो भएको छ । उदयपुरको भुल्केमा २८ जनामा कोरोना देखिएको छ । भारतीय सिमानासंग जोडिएको बाँके कोरोनाका कारण अति जोखिममा छ । तर पनि सर्वसाधारणले त्यसको संवेदनशिलतालाई बुझ्न नसकेको यो भिडियोले प्रष्ट पार्छ ।

आज (मंगलवार) ११ बजेबाट २५ गते बिहिवार मध्यरातसम्म नेपालगन्ज उपमहानगरपालिका पुरै निषेधित क्षेत्र घोषणा गरि तोकिएका बाहेकलाई घरभित्रै बस्न निर्देश गरिएको छ । नेपालगन्जको धम्बोझीमा बिहान सूचना जारी भइरहेकै बेला पनि लकडाउनको अवस्था यो भिडियोमा देख्न सकिन्छ । पत्रकार बिजय वर्माले गरेको रिपोर्टमा देखिएको दृश्यले अटेरी अवस्थालाई प्रष्ट पारेको छ ।

Related Articles

Back to top button
Close