भिडियो

श्रीमानले पि’टेर भागेपछी लक डाउनमा आमा छोरीको यस्तो बिचल्ली, मनै रुवाउने भिडियो हेर्नुस

विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरिने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ ।

अझै पनि काठमाडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिसहरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । दोलखा घर भएकी रन्जना कार्कीको कथा बेग्लै छ । उनि अरुको घरमा भाडा माझेर लुगा धोएर आफ्नो जिबिका चलाई रहेकी थिइन् । उनकी सानी एउटी छोरी छिन । श्रीमानले बिगत एक बर्ष देखि पिट्दै आएको उनले रुदै बताईन ।

लक डाउन शुरु हुन केहि दिन अगाडी मात्र श्रीमानले पिटेर दोलखा भागेको रन्जना बताउछिन । उनको घरमा खानालाई चामल समेत नभएपछी टाइम्स खबर नेपाल र रंगिन टिभीको टिम पुगेर केहि सहयोग गरेका छन् । हरेक दिन र रात रुने गरेको रन्जनाले हामीलाई बताईन । बाकि तलको भिडियोमा हेर्नुहोला ।

Related Articles

Back to top button
Close