समाचार

क्वरेण्टीन केन्द्रमा टिकटक भिडियाे बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

एजेन्सी। काेराेना भाइरसकाे सङ्क्रमणकाे कारण भारतकाे ‘रेज जाेन’ मा परेकाे ओडिशाकाे भद्रक जिल्लाकाे तिहाडीमा बनाइएकाे क्वरेण्टीन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएकाे छ।

उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमकाे उल्लङ्घन गर्दै टिकटककाे भिडियाे बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । साथै समाचारमा पनि यसकाे चर्चा भइरहेकाे छ ।

भिडियाेमा ती सात जना नाचेकाे र रमाइलाे गरेकाे देख्न सकिन्छ ।
स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेकाे जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close