समाचार

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

च्याउ सेवनबाट लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीया फुमेली बुढाथोकी ७ वर्षीया छोरी सुनिता बुढाथोकी, २ वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले ९ गते नै जंगली च्याउको सेवन गरेका हुन् । च्याउ सेवनबाट विरामी परेका उनीहरुलाई उपचारका लागि भीम अस्पताल भैरहवा ल्याइएको थियो ।

उनीहरुमध्ये छोराको ११ गते, छोरीको १२ गते र आमाको १३ गते मृत्यु भएको रोल्पाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close