अन्तर्राष्ट्रिय समाचार

भारतमा ह्वात्तै बढ्यो संक्रमित , हेर्नुहोस् ताजा अपडेट यस्तो छ ।

काठमाडाैं, २३ वैशाख / कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६६ पुगेकाे छ भने संक्रमितकाे संख्या ४६ हजार ४ सय ३७ पुगेकाे छ । यसैबीच १२ हजार ८ सय ४७ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा साेमबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ थियाे भने संक्रमित संख्या ४२ हजार ५ सय ५ थियाे ।

भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।
काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ {जेठ ४} सम्म लकडाउन गरेकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन: १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन अाइतबार सकिएकाे थियाे ।

Related Articles

Back to top button
Close