भिडियो

हे भगवान : क्वारेन्टाइनमा दैनिक रक्सी र मासुभात चाहियो भन्दै तोडफोड…..(भिडियो सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरि २२ हजार ९७८ जना क्वारेन्टाइनमा छन् । यो संख्या देशभरि उपलब्ध बेडभन्दा आधा कम हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल ४९ हजार १४४ वटा बेड छन् । तीमध्ये २६ हजार १६६ बेड खाली छन् ।

यो पनि – यतिका धेरै बेड किन खाली त ?

‘बस्नैपर्नेहरूले पनि सकेसम्म क्वारेन्टाइनमा बस्न नपरे हुन्थ्योजस्तो गर्छन्’ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, ‘आशंकित ठाउँबाट फकर्नेहरूले समेत क्वारेन्टाइन भनेको सरकारका लागि बसिदिने हो जस्तो गर्छन् ।’

कोभिड–१९ (नोवल कोरोना भाइरस) महामारी नियन्त्रण तथा रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा राख्न कति गाह्रो छ भन्ने बुझ्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको अवस्था हेरे पुग्छ ।

नगरपालिकाले ४७ वटा बेड बनाएको छ । प्रत्येक वडामा ३ देखि ५ वटासम्म बेड पनि तयार छन् ।

हलेसी तुवाचुङमा दुई हप्ता क्वारेन्टाइनमा बसेका पहिलो लटमा ९ र दोस्रो लटमा १४ जना र्‍यापिड डाइनोनेस्टिक किट टेस्ट (आरडीटी) नेगेटिभ देखिएपछि घर फर्किसकेका छन् । अहिले १३ जना क्वारेन्टाइनमा छन् ।

त्यहाँ बस्नेहरूका लागि नगरपालिकाले साँझ बिहान दाल–भात, तरकारी र चिया, खाजाको व्यवस्था गरेको छ । हप्तामा एक दिन मासुको पनि व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरूले माग गरेपछि हप्तामा दुई पटक मासुको व्यवस्था पनि भयो । तर, यो माग पूरा भएपछि दिनहुँ मासु–भात, रक्सी र वाईफाईको माग आएको नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण सर्वदलीय सर्वपक्षीय समन्वय समितिका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

Related Articles

Back to top button
Close