समाचार

धनुषामा कार्यरत नर्स भन्छिन् , सरकार भत्ता हैन सुरक्षाको उपकरण देउ !!

स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । स्वास्थ्य व्यक्ति मात्र हरेक क्षेत्रमा दक्षता हासिल गरेर आफ्नो उदेश्यमा पुग्न सक्छन् । मानिसले जीवनभरि नै कसरी स्वस्थ्य रहने भन्ने चिन्तन गर्छन् । तर उनीहरुको स्वास्थ्य जिवन हासिल गर्न अपनाउनुपर्ने बानीहरुको बारेमा उचित जानकारी पाउन सक्दैन्न ।

सभ्भवत अहिलेको अवस्थामा कोरोनाको बारेमा थाहा नभएको नेपाललगायत विश्वको कुनै पनि देश छैन होला । हाल विश्वभर कोरोनाको स‌ंक्रमण विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ साथै नेपाल पनि यसको उच्च जोखिममा रहेको बताएको छ । नेपालमा पनि हालसम्म ६८७ जनाको नमुना संकलन गरिएको छ जस्मा ६८४ जनाको नमुना संकलन गरिएको छ । ३ जनामा पोजिटिभ देखिएको छ ।

देशका विभिन्न नाकाहरु बन्द गरिएको छ । सर्वसाधारणलाई बाहिर ननिस्की घरमा नै सुरक्षित रुपमा बस्न भनिएको छ । तर उनै विरामीको लागि दिन रात घाम पानी भोक, निन्द्रा, परिवार, नभनी अहोरात्र खट्ने स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था एकदमै फितलो छ । सामन्य रुघाखोकी ज्वरो आएको विरामी आउँदा नै हेल्थ डेस्क नै छाडेर हिड्नुपर्ने अवस्था छ । अस्पतालको त्यस्तै अवस्था छ । आज शंकास्पद विरामीलाई अस्पतालले भर्ना गर्न मानिरहेको छैन्न । स्वास्थ्यको हिसाबले अस्पतालको कुरा पनि जायज नै छ । यसरी स्वास्थ्यकर्मी नै आफैमा असुरक्षित हुदै दिईएको सेवा कतिसम्म प्रभावकारी र लाभदायक हुन्छन् होला ? के संक्रमितले समयमै उनीहरुलाई चाहिने सेवा पाउन सक्लान त ?


यही ड्रेसमा सेवा दिदै दुर्गा शर्मा

यस्मा सम्बन्धित निकायको ध्यान जान कति जरुरी छ ? आफ्नो भौतिक विलासितामा अर्बौ खर्चिने सरकार स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र अझै भनौ अहिलेको यस्तो भयाभव अवस्थामा खर्च गर्न किन पछि परिरहेको छ ? स्वास्थ्यकर्मी भन्दैमा आफ्नो ज्यान नै दाउमा लगाउनुपर्ने हो त ? स्वास्थ्यकर्मीको सुरक्षासँगै आम जनताको पनि स्वास्थ्य जोडिएको छ । उनीहरु सुरक्षित भएमा विरामीले राम्रो सेवाको कल्पना गर्न सक्छ । १ २ जना सङ्क्रमित कै क्रममा यो अवस्था छ भने भोली सङ्क्रमित बढ्दै गएपछि ईटालीको जस्तै अवस्था नेपालमा पनि आउन सक्छ । सबैजना घरभित्र बसिरहेको बेला हामी कोरोना विरुद्ध खुल्ला मैदानमा उत्रिनु परेको छ । विना हतियार लड्नुपरेको छ ।

यस्तो अवस्थामा स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको लागि घर भित्रै बस्ने हो भने सोच्नुहोस संक्रमितको हाल के होला ? पेसागत रुपमा म एक नर्स हुँ । हाल धनुषा जिल्लामा कार्यरत छु । देश र जनताो सेवा गर्ने रहरसँगै नेपाल सरकारको जस्तोसुकै नीति निर्देशन पनि मान्न तयार छु भन्ने कबुलसहित नेपाल सरकारको सेवालाई अंगाल्न पुगेको हुँ तर अहिलेको सन्दर्भमा स्वास्थकर्मीको सुरक्षाको निम्ति खेप्नुपरेको सुरक्षाको निम्ति खेप्नुपरेको हैरानीका कारण कतै मैले गलत पेशा त अंगालिन भन्ने कुराले मनमा प्रश्न चिन्ह खडा गरिरहेको छ ।

बलीको लागि तयार पारेको बोका झै होमिनु परेको छ । सबैजना घरभित्र बस्नु घरबाहिर ननिस्कनु भनेर सबैजना घरभित्र सुरक्षित महसुस गर्दै रमाईरहेको बेला आफ्नो ज्यान नै दाउँमा राखेर सेवामा होमिनुपर्दा कता कता खिन्नताको आवास त आउनै नै रहेछ । एकातिर पारिवारिक दबाब पनि उत्तिकै छ । एक व्यत्तिबाट अर्कोमा सर्ने भएकोले परिवारले घरभित्र नै बसोस भन्ने चाहन्छ । तर पेशागत दबाब अर्कोतिर छ यस्लाई बाध्यात्मक भन्दा पनि चुनौती, अवसर, कर्तव्य साथै उत्तरदायित्व सम्झेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ तर सुरक्षाको हिसावले हेर्दा मनमा झनै खिन्नता पैदा हुन्छ । आज विभिन्न जिल्लाको विभिन्न ठाउँ तथा नाकाहरुमा हेल्थ डेस्कहरु स्थापना भइरहेका छन् । विभिन्न अस्पतालहरुमा आईसोलेसन कक्ष छुट्याईएको द्छ तर त्यहाँ चाहिने उपकरण पर्याप्त मात्रामा छैन्न । न त स्वास्थ्यकर्मीको लागि चाहिने सुरक्षाका साधनहरु एप्रोन वुट पञ्जा क्याप चस्मा मास्क नै पर्याप्त मात्रामा छन् । यता अझै सरोकारवालाहरुको ध्यान पुगेको छैन ।

३ ओटै तहको सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा उपयुक्त कदम चालेको छैन । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि जारी गरेको १९ बुँदे घोषणापत्र प्रशंसनीय छ तर स्वास्थ्यकर्मीको सुरक्षाको निम्ति चाहिने PPE अर्थात पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट पर्याप्त मात्रामा उपलव्ध छैन । यस्तो अवस्थामा स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको लागि घर भित्रै बस्ने हो भने सोच्नुहोस संक्रमितको हाल के होला ? पेसागत रुपमा म एक नर्स हुँ । हाल धनुषा जिल्लामा कार्यरत छु । देश र जनताो सेवा गर्ने रहरसँगै नेपाल सरकारको जस्तोसुकै नीति निर्देशन पनि मान्न तयार छु भन्ने कबुलसहित नेपाल सरकारको सेवालाई अंगाल्न पुगेको हुँ तर अहिलेको सन्दर्भमा स्वास्थकर्मीको सुरक्षाको निम्ति खेप्नुपरेको सुरक्षाको निम्ति खेप्नुपरेको हैरानीका कारण कतै मैले गलत पेशा त अंगालिन भन्ने कुराले मनमा प्रश्न चिन्ह खडा गरिरहेको छ ।

देश र जनताो सेवा गर्ने रहरसँगै नेपाल सरकारको जस्तोसुकै नीति निर्देशन पनि मान्न तयार छु भन्ने कबुलसहित नेपाल सरकारको सेवालाई अंगाल्न पुगेको हुँ तर अहिलेको सन्दर्भमा स्वास्थकर्मीको सुरक्षाको निम्ति खेप्नुपरेको सुरक्षाको निम्ति खेप्नुपरेको हैरानीका कारण कतै मैले गलत पेशा त अंगालिन भन्ने कुराले मनमा प्रश्न चिन्ह खडा गरिरहेको छ

सरकारले कोरोनाको उपचारमा खटिने कर्मचारीलाई १०० प्रतिशत भत्ता दिने रे , हे सरकार हामीलाई भत्ता हैन सुरक्षाका साधनहरु उपलव्ध गराईयोस । हामीलाई अहिले पैसा भन्दा सुरक्षाको खाँचो छ । जब डिउ्टी सकेर घर फर्कन्छु तब घरबेटी दिदी आँखा तरेर हेर्नुहुन्छ सायद मनमनै भाईरस त बोकेर आईन भनेर त्रसित हुनुहुन्छ होला । त्यस्को अस्पतालमा त विरामीको संख्या अत्याधिक हुन्छ वाहिरबाट कोरोना ल्याएर आई भने वित्यासै हुन्छ । वरु यहाँभन्दा अन्तै कोठा सार भन्नुपर्यो भन्नै सोच्नुहुन्छ होला । अनि नियालेर हेर्छु आफैलाई के मैले हस्पिटलमा लगाउँने पोसाकले मलाई संक्रमण हुनबाट बचाउँछ ? यसरी आफै असुरक्षित रही सेवा गर्न वाध्य हामी स्वास्थ्यकर्मीको कुरा कस्ले सुन्ने कस्लाई सुनाउने ?

Related Articles

Back to top button
Close