भिडियो

दर्जनौं कलाकारको अभिनयमा कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत

काठमाडौं / कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत (भिडियो हेर्नू ) कोभिड-१९ कोरोना भाइरसको महामारीले नेपाली सांगीतिक बजारमा ठूलो धक्का लागेको छ ।

गीत रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त रहने कलाकारहरु यतिबेला बन्दकोठामा सिमित छन् । संगीतलाई नै व्यवसाय बनाएर अगाडि बढिरहेका केहि गायक गायिका र मोडलहरु कोरोनाका कारण गाउँ फर्केर खेतबारिमा रमाइरहेका छन् ।

सरकारले गरेको लकडाउनमा केही भने बिभिन्न माध्यमबाट दर्शक तथा श्रोताको मनोरन्जन गराइरहेका छन् । यस्तैमा गायक खुमन अधिकारी र प्रीति आलेले दर्शक तथा श्रोताका लागि भन्दै लोक दोहोरी गीत ‘लकडाउनको दोहोरी’ सार्वजनिक गरेका छन् ।

माधव न्यौपानेको शब्द तथा खुमनकै संगीत रहेको गीतको भिडियो समेत निर्माण गरिएको छ । भिडियोमा राजेश हमाल, कोमल वली, शंकर विसी, श्रृष्टि खड्का, खुमन अधिकारी, अन्जली अधिकारी, रीना थापा लगायत दजर्न बढी कलाकारको अभिनय समेटिएको छ । वित्रलम चौहानको निर्देशन रहेको भिडियोमा माधव न्यौपानेको कोरियोग्राफी, तथा राजेश कुमारको सम्पादन छ ।

Related Articles

Back to top button
Close