अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना कहर : २४ घण्टामा साढे दुई हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ पुगेको बताइएको छ ।

यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार सोमबार बिहानसम्म गएको २४ घण्टामा २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै ७२ जना संक्रमितको ज्यान गएको छ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ ।कोभिड-१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् ।

गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि भारत सरकारले लकडाउनको घोषणा गरेको हो ।

Related Articles

Back to top button