Thursday, April 2

‘शेरधन राई मेरा पति हुन् नाता कायम गरी अंश दिलाई पाउँ’ भन्दै बालिकाले दिइन् अदालतमा मु’द्धा (भिडियो सहित)

February 28, 2020 145

काठमाडौं, १६ फागुन । प्रदेश १ मुख्यमन्त्री शेरधन राईलाई एक महिलाले आफु उनको श्रीमती दावी गर्दै नाता कायम गराउन माग गर्दै अदालतमा मु द्धा दाय र गरेकी छन् । उनले लामो समय देखि राईलाई आफुसंग सम्बन्ध रहेको बताउँदै आएकी थिइन् । मिडियामा सार्वजनिक रुपमा राईसंग आफ्नो श्रीमतीको सम्बन्ध रहेको दावी गर्दै आएकी बालिका खड्काले राई वि रुद्ध काठमाडौँ जिल्ला अदालतमा मु द्दा दा यर गरेकी छन् ।

अदालतमा मु द्धा दा यर गर्दै वालिकाले मुख्यमन्त्री राई आफ्ना पति भएको दावी सहित नाता कायम गराइ अंश दिलाउन माग गरेकी छन् । यस अघि उनले भिडियो अन्तरवार्ता दिँदै शेरधन राई आफ्ना पति भएको दावी गर्दै आएकी थिइन् । उनले पार्टीमा पनि यस वारे जानकारी गराएको बताएकी थिइन् । बालिकाले नाता कायम गराई अंश दिलाइदिन माग गर्दै मु द्दा दा यर गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले पुष्टि गरेका छन् । मुद्दामा खड्काले मुख्यमन्त्री राईसँग आफ्नो २०७१ देखि सम्बनध रहेको र उनी सञ्चारमन्त्री हुँदा आफूलाई काठमाडौँको गोल्फुटारमा कोठा लिइ राखेको उल्लेख गरेकी छन्।

उनले राईलाई भेटन खोजे पनि वेवास्था गरेका कारण मु द्दा दर्ता गर्नुपरेको प्रतिक्रिया दिएकी छन्। खड्का तत्कालीन एमालेको विद्यार्थी संगठनकी नेता समेत हुन्। उनले विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला राईसँग आफ्नो सम्बन्ध रहेको बताउँदै आएकी छन् ।

Loading...

प्रतिकृया दिनुहोस्