Monday, April 6

अत्यन्तै दुखद खबर : नेपाल को’रोनाको अति उच्च जो’खिम भएको ड’रलाग्दो सूचना ! सक्दो शेयर गरौँ।

February 28, 2020 1294

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई को’रोना भा’इरस (कोभिड–१९)को अति उच्च जो’खिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल को’रोना भा’इरसको अति उच्च जो’खिमको सूचीमा परेको हो । डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भा’इरसको अति उच्च जो’खिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जो’खिममा राखेको थियो ।

नेपालमा एकजना बाहेक कसैलाई को’रोना भा’इरस सं’क्रमण देखिएको छैन । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भा’इरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जो’खिमको सूचीमा राखेको छ ।

डव्लुएचओले अति उच्च जो’खिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा को’रोना वि’रुद्धको अ’भियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आ’त्तिई हाल्नुपर्ने अवस्था नभएपनि स’तर्कतामा रहन आग्रह गरेको छ ।

एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो

विदेशीहरु नेपाल छि’र्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केहीवर्ष अघिदेखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ । पछिल्लो समय को’रोनाको प्र’कोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ ।
थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्