समाचार

गायिका मिना लामाद्वारा विपन्न परिवारलाई राहत वितरण

काठमाडौं २२ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस ( कोभिड-१९ ) नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले मुलुकलाई लकडाउन घोषणा गरेको आज ४२ ओैं दिन भइसकेको छ । नेपालको विभिन्न जिल्लामा दिनानुदिन संक्रमितहरु थपिँदै जान थालेपछि सरकारले अझै लकडाउन थप्ने तयारी गरिरहेको स्रोत जानकारी दिएको छ ।

लकडाउन अझै बढ्ने संकेत देखिएपछि, दैनिक ज्यालादारी गरेर बिहान बेलुका चुल्हो बाल्ने मजदुरहरुमा झन पीडा थपिएको छ । धेरै ठाउँमा सामाजिक अभियानन्ताहरुले राहत सँगसँगै खाना बाडिरहेका छन् तरपनि धेरै विपन्न परिवारको मजदुरहरुलाई घरमा छाकटार्न मुस्किल परिरहेको छ ।

कोरोनाको महामारीमा कोहीपनि भोको नरहुन् भन्दै चर्चित लोक तथा दोहोरी गायिका मीना लामाले केहि विपन्न परिवारलाई राहत र नगद रकम सहयोग गरेका छन् । गायिका लामाले सञ्जालमा लेखेका छन् : “मलाई फोन गरेर दु:ख सुनाएपछि, सहयोग नगरि बस्न सकिन्’, ।

लकडाउनले निम्त्याएको आपत्ति-: दैनिक ज्यालादारी श्रमिक जो शािरिरिक असक्त पनि हुनुहुँदो रहेछ!

म इन्द्रेणि कार्यक्रम संग संम्बन्धित पनि भएकोले केही राहत मिल्छकि भनेर होला हिजो मलाई फाेन गरेर पिडा सुनाउनु भयो!

उहाँहरुको अबस्था सुन्दा मलाइ यसै बस्न मनले मानेन,त्यसैले आज बिहानै अफ्नै ब्यक्तीगत खर्च बाट थोरै खाघान्न र तरकारीकाे लागि सानो सहयोग पुर्याएर आए।

लेख्नै पर्ने र ठुलै सहयोग त थिएन तर अहिलेकाे यो अप्ठ्यारो परिस्थितिमा हुनेले नहुनेलाई सक्नेले नसक्नेलाई सहयोग गराैँ शुख दु:ख साटाैँ भनेर सानाे नमुना पाेष्ट गरेँ सबैले एकआपसमा मिलेर यो covid 19 निर्मुल पाराैँ।

Stay safe all

Related Articles

Back to top button
Close