Monday, April 6

नेपाल आʼइडल टप ८ बाट झापाकि रचना रिमाल रुँʼदै बाहिʼरिन , बुबाले गरे सबैको मन छुने यस्ता कुरा (भिʼडियो सहित)

February 28, 2020 378

नेपाल आइडल टप ८ बाट झापाकि रचना रिमाल रुँदै बाहिरिन , बुबाले गरे सबैको मन छुने यस्ता कुरा (भिडियो सहित)

झापा , दमक। रचना रिमाल अर्थात चटपटेवाली यो नाम नेपाल आइडल सिजन थ्रीमा रुचाइएको, चलेको र निकै आशालाग्दो नाम हो । झापा भद्रपुर घर भएकी रचना नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । नेपाल आइडलमा पुगेपछि रचनाको झनै चर्चा चुलिएको छ ।

सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नै आशा बोकेको थियो । बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे । निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो ।

धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन ।

नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन झापाकी रचना रिमालले । सारै मीठो स्वरकी धनी रचना नेपाल आइडल सिजन तिनबाट नेपालको पहिलो महिला बिजेता बन्ने सम्भावना धेरै देखिन्छ । नेपाल आइडलको कार्यक्रममा पनि सबैभन्दा धेरै राम्रो कमेन्ट रचनाकै आउने गर्दछ ।

रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन । रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको हजुरबुबाले बताए। रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन ।

रचनाको बुबाले रचनाको बाल्यकाल सम्झिदा भाबुक भएर आफ्नी छोरिको बारेमा यस्ता गोप्य कुराहरु बताएका छन् ।

भिडियो हेर्नुहोस्…

Loading...

प्रतिकृया दिनुहोस्