भिडियो

दिवेश पुगे ‘अमेरिकन आइडल’को टप १० मा, अझै अघि बढाउन अपिल (भिडियाे)

काठमाडौं, २२ बैशाख । नेपाली मुलका दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप १० मा परेका छन् ।‘अमेरिकन आइडल’को स्टेजमा उत्कृष्ट प्रस्तुती दिँदै आएका दिवेश आजको प्रस्तुतीका आधारमा उत्कृष्ट १० मा पर्न ससफ भएका हुन् ।

सुरुवाती चरणबाटै लगातार जज र आम दर्शकको मन जित्दै आएका दिवेशले सुरुदेखि यहाँसम्म ल्याउन हरेक राउण्डमा सहयोग गर्नै तथा भोट गर्ने विश्वका सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आगामी दिनमा पनि सहयोग जारी राख्न अनुरोध गरेका छन् ।

स्टेजमा अर्थर गनकनको उपनामले परिचित दिवेशको आजको प्रस्तुती प्रति पनि जजहरु सन्तुष्टि देखिएका थिए ।

दिवेशकाे आजको प्रस्तुतीमा पनि जजहरूबाट ‘मोर कनेक्टेट विथ योर पफमेन्स् भनिएकाे थियाे । काठमाडौमा जन्मीएका दिवेश हाल पढाइको शिलसिलामा परिवारसहित अमेरिकामै बस्दै आएका छन् ।

Related Articles

Back to top button
Close