समाचार

नयाँ विद्यार्थी भर्नालाई लिएर शिक्षामन्त्रीको गम्भीर खुलासा, लकडाउन सकिएपछि पनि…

काठमाडौं । लकडाउनका कारण नेपालका मात्र नभई विश्वभरका विद्यार्थी प्रभावित भएका छन् । यो बीचमा नेपालमा नतिजा प्रकाशन, भर्नाजस्ता कुराहरुलाई लिएर तनाब उत्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताउनु भएको छ ।

उहाँले वैशाख २५ गते लकडाउन समाप्त भएपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्ने बताउनुभयो । लकडाउनसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको पनि जानकारी दिनुभयो । यसरी सरकारले वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने उहाँको दावा रहेको छ ।

कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले जनाउनुभयो । लकडाउन कायमै रहे पनि केही खुकुलो गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको जानकारी गराउनुभयो । अर्को तिर त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरिरहेको मन्त्रीले स्पष्ट पार्नुभयो । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी सरकारको भएको छ ।

Related Articles

Back to top button
Close