अन्तर्राष्ट्रिय समाचार

मलेसियामा कोरोना भाइरसले १०५ जनाको मृत्यु ६ हजार बढी संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०५ पुगेको छ ।

मलेसियामा एकैदिन थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०५ पुगेको हो ।

मलेसियामा एकैदिन थप १२२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार २९८ पुगेको छ ।
मलेसियामा संक्रमितमध्ये ४ हजार ४१३ जना उपचारपछि निको भएका छन् । १ हजार ७८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २७ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
दूतावासले कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close