समाचार

एकैदिन नेपालगञ्जमा मात्रै २५ जना सं’क्रमित पुगे: सं’क्रमितको कुल संख्या ८४

काठमाडौं- नेपालगञ्जमा मात्र सं’क्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा नयाँ सं’क्रमित भेटिएको पुष्टि भएको छ । आइतबार दिउसो ९ जना भेटिएपछी बढ्न थालेको संख्या मध्यरात सम्म २५ पुगेको पुष्टि भएको छ। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा राति १० बजे थप ९ जनामा कोरोना संक्रम’ण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना सं’क्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझमा थप ६ जनामा कोरोना सं’क्रमण भएको पुष्टि भयो। यो संगै नेपालगञ्जमा सं’क्रमितको संख्या १६ पुगेको थियो ।

आइतबार राती १० बजेतिर अस्पतालले थप ९ जना सं’क्रमण भएको पुष्टि गरेको छ। यसरी आइतबार एकैदिन नेपालगञ्जमा २४ जनामा कोरोना देखिएको हो। शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। यसरी नेपालगञ्जमा कोरोना सं’क्रमित हुनेको संख्या २५ पुगेको छ।

शुक्रबार सं’क्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। यो संगै नेपालमा सं’क्रमितको कुल संख्या ८४ पुगेको छ ।

Related Articles

Back to top button
Close