समाचार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।यसअघि आइतबारमात्रै त्यहाँ ५ जना पुरुष र ४ जना महिला गरी ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । शुक्रबार एक जना ६० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएको ट्रेसिङ गर्दा थप १५ जनामा आइतबार कोभिड–१९ पोजेटिभ देखिएको हो । ती व्यक्ति भारतबाट आएका थिए ।

शुक्रबार कोभिड–१९ पुष्टी भएका ६० वर्षीय व्यक्तिको सम्पर्कको आएका परिवारका सदस्य र छिमेकी गरी ९० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १५ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । यससँगै नेपालगन्जमै कोभिड–१९ पोजेटिभ देखिनेको संख्या १६ पुगेको छ । नेपालभर भने संक्रमितको संख्या ७५ पुगेको छ । नेपालगन्जमा थपिएका १५ जना कोभिड–१९ संक्रमित बाँकेमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएकाको सम्पर्कका आएकाहरु रहेको पाइएको छ । आइतबार नेपालगन्जको पिसिआर प्रयोगशालामा परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएका १५ जना शुक्रबार (१९ बैशाख) मा नेपालगन्जमा कोभिड–१९ पोजेटिभ पुष्टी भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको जिल्ला प्रसासन स्रोत बाकेले जनाएको छ । यसअघि कोभिड–१९ पुष्टी भएका ६० वर्षीय पुरुषको सम्पर्क आएका ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा १५ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । ९० जना मध्ये अझै केहीको रिपोट आउन बाकी रहेको स्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close