रेड जोनमा नेपालगञ्ज : फेरी थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए
आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।
यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।
नेपालमा यति सानो उमेरमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।
छुटाउनु भयो कि ?
नेपालगन्जमा ७ वर्षिया नावालकलाई पनि कोरोना संक्रमण
यसअघि ६९ पुगेको संक्रमितको संख्या ६ जना थपिएसँगै ७५ पुगेको छ । पुराना संक्रमितको सम्पर्कमा गएका ९० जनाको स्वाब परीक्षण भएकाेमा दिउँसाे ९ जनामा पुष्टि भएकाे थियाे भने अहिले ६ जना थपिएका छन्