समाचार

उपचारपछि घर फर्केपनि फेरि किन देखिदैछ को’रोना ?

काठमाडौं । अहिले को’रोनाबाट सं’क्रमित बनेकाहरु मध्ये विश्वभर १० लाख बढि मानिस उपचारपछि घर फर्केका छन्। उनीहरु निको भएर घर फर्केपनि केहीमा घर जाँदा को’रोना फेरि पाजेटिभ देखिने गरेको पाइएको छ। नेपालमा पनि यस्तै किसिमका घ’टना देखिन थालेका छन्। को’रोना पोजेटिभ भएकाहरुमा उपचारको क्रममा प्रतिरक्षा शक्तिको विकासले भा’इरसलाई परास्त गरेपछि रिपोर्ट नेगेटिभ आउँने गरेको छ।

मानिस भित्र रहेको रो’गप्रतिरोधात्मक क्षमताले भा’इरससँग ल’ड्दा जित भएपछि मानिस निको भएको मानिने गरेको छ। र बि’रामीलाई डिस्चार्ज गरिने गरिएको छ। तर, घर फर्केपछि फेरि पनि बि’रामीमा किन सं’क्रमणको आ’शंका गरिन्छ?

यो अहिले धेरैलाई चासोको बिषय बनेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बि’रामी निको भएपश्चात देखिने सं’क्रमण यसअघिकै भा’इरसको सूक्ष्म अस्तित्व हो। ब्लुएचओकी टेक्नीकल लीड मारिया वैनका अनुसार निको भइसकेपछि पुनः परिक्षण गर्नेक्रममा को’रोना पोजेटिभ भेटिनु भनेको यसअघिकै को’रोनाका मृ’त कोशिकाहरु अझै अस्तित्वमा छन् भन्ने हो।बि’रामीमा फेरि को’रोना सं’क्रमण भएको भने होइन्।

तर,वैज्ञानिकहरु सं’कम्रणपछि निको भएका मानिसको प्रतिरक्षा प्रणाली कुन हदसम्म बलियो हुन्छ भन्नेबारे अझै अनुसन्धानमा रहेको उनले बताइन्। को’रोनाको उत्पत्ति प्राकृतिक रुपमा चमेराबाटनै भएको उनले बताइन्। तर, चमेराबाट कुन जिव भएर मानिसमा को’रोना आयो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको उनले बताइन्।-एजेन्सी

Related Articles

Back to top button
Close