समाचार

पैदल हिँडेर आएका भारतीय मजदुरलाई सशस्त्र प्रहरीले बिच बाटो बाटै फर्काइदियो

काठमाडौ, बैशाख २१- कृष्णपुर नगरपालिका–२ स्थित इँटाभट्टामा काम गर्दै आएका भारतीय मजदुर घर जान पैदल हिँडेर नपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आइपुगेपछि आइतबार सशस्त्र प्रहरीले कार्य क्षेत्रतर्फ नै फर्काएको हो ।

कोरोनाको आशङ्कामा २० को स्वाब परीक्षण, १६ को रिपोर्ट नेगेटिभ

दमौली, २१ वैशाख- कोभिड–१९ को आशङ्कामा तनहुँ जिल्लाका २० जनाको स्वाब परीक्षण गरिएको छ । जिल्लाका विभिन्न ठाउँका सात महिला र १३ पुरुषको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तीमध्ये व्यास नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक, ऋषिङका तीन र भीमाद नगरपालिकाका तीन रहेका छन् ।

स्वाब परीक्षण गरिएकामध्ये १६ को रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । शङ्कास्पद व्यक्तिको स्वाब परीक्षणका लागि दमौलीस्थित दमौली अस्पतालमा र शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा नमूना सङ्कलनको व्यवस्था मिलाइएको छ । (रासस)

Related Articles

Back to top button
Close