समाचार

लकडाउन केही खुकुलो पार्ने तयारी, अन्तर्राष्ट्रिय सीमा नाका नखुल्ने

काठमाडौं – गत चैत ११ गतेबाट जारी लकडाउन केही खुकुलो बनाउने सरकारले निर्णय लिएको छ । वैशाख २५ गतेपछिको लकडाउनको स्वरुप परिवर्तन गर्ने सरकारले निर्णय लिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले लकडाउनको स्वरुप परिवर्तनबारे गृहकार्य गरिरहेको छ । सरकारले लकडाउन अवस्था हेरेर केही खुकुलो पार्ने निर्णय गरेको छ ।

सरकारले लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निष्कर्ष निकालेको छ । त्यस्तै सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान नखोल्ने निर्णय गरेको स्रोतले जानकारी दियो ।

Related Articles

Back to top button
Close