Banner newsसमाचार
झापामा करेन्ट लागेर एक जनाको मृत्यु
झापा / झापा कन्काई नगरपालिका सेल्फीडाँडा-२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा उपचारको क्रममा किस्कुको १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।