समाचार

कोरोना प्रभाव : खेतबारीमा रमाउँदै कलाकारहरु

काठ्माडौं / विश्व भरी फैलियको कोरोना भाईरसको त्रा’समा अहिले संसारका कयौं देश लकडाउन मा छन जसमध्य हाम्रो देश नेपालले पनी एतीबेला लकडाउनको पि’डा भोगिरहेको छ।

यो लकडाउनको समयमा सबै आ-आफ्नो घरमा बसिरहेको छन,यसै समयमा नेपालका चर्चित सेलीब्रेटीहरु के गर्दैछन त? हामीले यसै बिसयमा एउटा रिपोट तयार पारेको छौ ।जस्मा हामिले नेपाली लोकदोहीरी क्षेत्रका चर्चित हस्तीहरुलाई समेटेका छौ।

प्रकाश सपुत

प्रकाश सपुत नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाम हो । उनको नाम नसुन्ने र उनीबारे जानकार नभएका सायद कमै होलान् । फरक तरिकाको दोहोरी ब्याटल मार्फत युवाहरुको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबै माझ लोकप्रिय बनेका छन् । यतिबेला जहाँ गएपनि प्रकाश र उनकै गीतहरुको चर्चा भईरहेको छ ।

लोक गीत ‘बोल माया’ बाट उनले लोक गीत नसुन्ने दर्शक स्रोताको समेत माया पाएका थिए । ‘बोल माया’ बाट निकै राम्रो प्रतिक्रिया पाएका प्रकाशले बोल मायाकै कथाभावलाई समेटेको गलबन्दी ल्याए । जसको चर्चा निकै चुलिएको छ ।

यो क्षेत्रमा आउँनु भन्दा पहिला उनले निकै दुःख कष्ट भोगेको बताउँछन् । उनी जुन गीतलाई राम्रो बनाउने सोच राख्छन्, त्यसमा उनी आफैंले शव्द लेख्ने, आफै गाउँने, निर्देशन गर्ने, सबै गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण हुन्, गलबन्दी, बोल माया, दोहोरी ब्याटल आदी ।

यो लकडाउनको समयमा प्रकाश यतीबेला घरमै छन।बाग्लुङ धम्जाका प्रकाश अहिले नौ जनाको परिवार सहित घरमै बसेका छ्न। चलचित्र परदेशी २ मा अनुबन्धित भएका उनी बन्दाबन्दीको समयमा त्यसैको चरित्र निर्माणमा घोत्लिदै गर्दा उनकी आमा मीना कुमारी बिश्वकर्माले आफ्नो खुशी यसरी साटिन:

“छोरो आजभोलि असाध्यै ब्यस्त छ। बिहान एउटा जिल्लाबाट फोन गरे बेलुका अन्तै पुग्थ्यो। दशैंमा बाहेक सुटिङको बेला मात्र घर आउथ्यो। अहिले ढुक्कले घर बस्न पाएको छ । रोग आएको छ भन्ने डर भए पनि सबै जना घरै बस्न पाउँदा खुशी लाग्दो रहेछ ।

प्रकशलाई कोदोको ढिँडो र लोकल कुखुराको मासु असाध्यै मन पर्छ । त्यही भएर अहिले धित मरुन्जेल ढिडो खुवाउन पाएकी छु । खै के के हो लेखेर बस्छ । कहिले एक्लै बोलेर बसेको हुन्छ । उसको कलाकरिताको तयारी होला। उ त्यसरी बस्दा दूध चिया पकाएर लगीदिन्छु। भैंसीको शुद्ध दूधको चिया उसलाई औधी मन पर्छ।” घर बाटै प्रकाश सपुतले सामाजिक सञ्जालमा शेयर गरेको एउटा तस्विर मा उनी बारीमा हलो जोती रहेको देखिन्छन।

पुर्णकला बि.सी

नेपालीको दोहोरी क्षेत्रमा आफुलाई उत्कृष्ट गायिकाको सुचीमा राखान सफल गायिका हुन पुर्णकला बिसी । उनले अहिले सम्मा करिब ५००० बढी गीतहरुमा आफ्नो स्वर दिएकी छिन। सानैदेखि कलाकार बन्न चाहने गायनमा निकै नै रुचि राखेर बर्दियाको एक गाउँ बाट पढ्नको लागि २०६५ सालमा काठमाडौं आएकी पुर्णकला बि.सी घर परिवारको अवस्था निम्न रहेकोले काठमाडौं जस्तो ठाउँमा बस्न कठिन भएको बताउछिन ।

दोहोरी साझमा काम गर्दैं आफ्नो सांगीतिक यात्रा सुरु गरेकी बि.सीको आवाजले सांगीतिक बजारमा राम्रो चर्चा पाउन थालेपछि गायिका बिसीको गीत स्रोताहरुको मन मनमा बस्न सफल भयो ।

फेसबुक चलाउने क्रममा बिदेशमा रहेका धन काजी परियार सँग राम्रो कुराकानी हुँदै जान थालेपछि फोटो साटासाट देखि फोनमा हाइ हेल्लो गर्दै अन्ततः एक अर्कामा नजिक भएर मायामा परेको पुर्णकला बिसीको फेसबुक प्रेम विवाहमा पनि परिणत भयो । अहिले साथमा एक छोरी पनि छिन् ।

अहिले गायिका पुर्णकला पनी आफ्नै घरमा शुरक्षित बसिरहेकी छिन उनले सामाजिक संञ्जालमा शेयर गरेको एक तस्विरमा उनी डोकोमा गोभर बोकेको दिखिन्छ ,यो तस्विरको आधारमा उनी यती बेला खेतीको काममा ब्यस्त छिन भन्ने सजिलै बुझिन्छ।

टिका सानु

टिका सानु दाङ जिल्ला, तुलसीपुर उ.म.न.पा. वडा नम्बर चार गहतेरामा बाबा मानबहादुर र आमा महिमा बि.क. को कोख बाट जन्मिएकी हुन् । चार दिदी बहिनी मध्य उनी माइली छोरी हुन् । जेठी दिदी सोभा ( गीता ), साइली बहिनी दुर्गा र कान्छी बहिनी गुमा हुन् । उनले गुरुजजिर उच्च मा. वि. रक्षाचौर बाट कक्षा छ सम्म, दिपज्योति नि. मा. वि. बाट सात र आठ, जनश्रम उच्च मा. वि. बाट एस् . एल्. सी. र पुन: गुरुजजिर उच्च मा.वि. बाटै कक्षा एघार सम्मको उच्च शिक्षा हासिल गरेकी छिन् ।

प्राय: सबैको बाल्यकाल रमणीय वातावरणमा हासी खुसी बितेको हुन्छ । अपसोच टिका सानुको बाल्यकाल भने अभावै अभावमा दु:खद पाराले बित्न पुग्यो । उनका बाल्यकालका अप्ठ्यारा पलहरु भनी साध्य छैनन् र गनी साध्य पनि । उनको परिवारमा बिहान बेलुकाको छाक टार्न समेत धौ धौ हुन्थ्यो । आफ्नो गाउँ भन्दा पर कार्यक्रममा जानु पर्दा भाडा समेत हुन्नथ्यो । आमा रिन माग्न जादा गाउलेले भएर पनि छैन भनिदिन्थे ।

यो लकडाउनको समयमा टिका सानु पनी यतीबेला आफ्नै घरमा छिन।उनले सामाजिक सञ्जालमा घरमा काम गरिरहेका बिभिन्न तस्विर र भिडियोहरु शेयर गरिरहेकी हुन्छिन।

ओवि राईमाझी

पछिल्लो समयका नेपाली लोक संगीउ क्षेत्रका अत्यन्तै चर्चीत मोडल हुन ओवि राईमाझी उनले अहीले सम्म दर्जनौ गीतहरुमा अभीनय गरीसकेका छन।ओविको अभिनयमा रहेका साथ फेरो,हाँसी हाँसी,जोगी,करुवाको जल,लाहुर,औंठी बेरुवाको जस्ता गीत बजारमा थुप्रै चर्च कमाएका गीतहरु मध्य हुन,पछील्लो समय गीतसंगीतमा निकै ब्यस्त रहेका ओवि आफु यो क्षेत्रबाट शन्तुष्टनै रहेको बताउछन

गुल्मी ८ मुसिकोट नगरपालीकामा जन्मिएका ओवि राईमाझी पनी यतीबेला घरमै बसेर लकडाउनको सदुपयोग गर्दैछन ।उनले सामाजिक सञ्जालमा उनले शेयर गरेका तस्विर अनुसार उनी पनी यतीबेला खेतीपातीकै काममा ब्यस्त देखिन्छन । उनले सामाजिक संञ्जालमा शेयर गरेका तस्विरमा उनी बारिमा जोतीरहेको देख्न सकिन्छ।

Related Articles

Back to top button
Close