समाचार

अन्तराष्ट्रिय उडान सीमा नाका साउन मसान्तसम्म बन्द गर्न प्रस्ताव

काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नि,यन्त्रणका लागि गत ११ चैतदेखि देशमा जारी लकडाउन तीन पटक थपिएको छ।लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसका सम्भावित विकल्पबारे छलफल सुरु भएको छ।

पछिल्लो पटक थपिएको अवधि आगामी २५ वैशाखमा सकिँदैछ। त्यसपछि लकडाउन हट्छ वा जारी रहन्छ अहिल्यै भन्‍ने अवस्थामा नरहेको विज्ञहरुले बताउँदै आएका छन् । सरकारी अधिकारीहरुले २५ वैशाखपछि लकडाउन खु,कुलो बनाउने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसअघि नै भनिसकेका छन् ।

वैशाख २५ गतेपछि हुने लकडाउनको विधिबारेमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुसँग छलफल गरेको छ। कोरोना भाइरसको उपचारमा औषधि नै नबनेको अवस्थामा यसको जोखिम कम गर्न विश्‍वभर लकडाउन नै मुख्य उपाय रहेको विश्‍व स्वास्थ्य संगठनले जनाइसकेको छ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको लकडाउन सम्बन्धी राष्ट्रिय रणनीतिको मस्यौदामा अन्तराष्ट्रिय विमानस्थल र सीमानाकालाई साउन मसान्तसम्म बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । तर विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनु पर्ने अवस्था भएमा उक्त स्थानबाट डिपोट गर्दा आरडीटी र पीसीआर परीक्षण गर्दा नेगेटिभ भएमा मात्रै ल्याउनुपर्ने रणनीति तयार पारेको छ।

उक्त रणनीतिको मस्यौदामा लकडाउन कसरी खु,कुलो पार्ने र खु,कुलो पारिसकेपछि के के कुरा अनिवार्य गर्ने भन्‍ने विषयको मापदण्डसमेत अघि सारिएको छ। तर यो रणनीति स्वीकृत भइसकेको छैन ।

Related Articles

Back to top button
Close