अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना महामारीको नयाँ रेकर्ड अहिलेसम्मकै सर्वाधिक संक्रमित र मृतक फेला

काठमाडौं । भारतमा कोरोना महामारीले नयाँ रेर्कड कायम गरेको छ । एक दिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित र मृतक भारतमा फेला परेका छन् । हिजो अर्थात शनिबार भारतमा १०० जनाको कोरोनाका कारण ज्यान गएको छ । यो भारतमा संक्रमण सुरु भएपछि एकै दिनमा देखिएको सबैभन्दा धेरै संख्या हो ।

आजसम्म भारतमा एकै दिनमा सय जनाको ज्यान गएको खबर आएको थिएन् । भारतका लकडाउन जारी रहे पनि संक्रमण रोकिने भन्दा धेरै बढ्दै गइरहेको छ । हिजो संक्रमितहरुको संख्या २ हजार ४४२ थपिएसँगै अहिले भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नजिक पुगेको छ । एकैदिनमा १०० जनाको मृत्युपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढेर १ हजार ३२३ पुगेको छ । विश्वको कुरा गर्ने हो भने अहिलेसम्म २ लाख ४४ हजार ७८० जनाको ज्यान गएको छ । संक्रमितहरुको संख्या ३४ लाख ८४ हजार ४८३ पुगेको छ । विश्वभर कोरोनालाई ११ लाख २१ हजार ५७६ निको हुँदा भारतमा त्यो संख्या १० हजार ८१९ रहेको छ ।

Related Articles

Back to top button
Close