समाचार

हामीले जनताको कुरा सुन्यौँ, प्रधानमन्त्री ओलीको राजिनामा माग्दैनाैँ – नेता खनाल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरू जनमतको कदर गर्ने निष्कर्षमा पुगेको बताउनुभएको छ । खनालले भन्नुभयो ‘हामीले जनताको कुरा सुन्यौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्दैन, अब यो विषय टुंगियो ।’ उहाँले पाँच वर्षे सरकारको नेतृत्व केपी ओलीले नै गर्ने बताउनुभयाे ।

उहाँले देशव्यापी रूपमा नेकपा भित्र पैदा भएको तरंग समेत समाप्त पारेको बताउनुभयाे । उहाँले भन्नुभयो ‘सचिवालयको शनिबारको बैठकसँगै एकताको दिशामा अत्यन्तै सकारात्मक कदमको रुपमा सम्पन्न भएको छ । हामी सबै सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छौं । अब स्थायी कमिटीमा जे निर्णय ल्याउँछ, त्यो साझा प्रतिवेदन ल्याउँछ ।’

उहाँले आफूहरुले अल्पमतमा परेरै सम्झौता भने नगरेको जिकिर गर्नुभयो । ‘विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं ।’

Related Articles

Back to top button
Close